विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको बसन्तपुरमा निर्माण सम्पन्न २२०/१३२/३३ केभी क्षमताको बसन्तपुर सबस्टेसन चार्ज भएको छ । सबस्टेसन मंसिर ७ गते साँझ ७ बजे चार्ज गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरण, प्रसारण निर्देशनालय, बृहत २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत कोसी कोरिडोर प्रसारण लाइन आयोजनाले सबस्टेसनको काम सम्पन्न गरी बिहीबारदेखि चार्ज गरेकाे जनाएको छ । आयोजन अन्तर्गत २२०/१३२/३३ केभीको तुम्लिङटार र २२०/३३ केभीको बानेश्वर सबस्टसन सञ्चालनमा छन् ।

संखुवासभा, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा निर्माणाधीन तथा निर्माणमा जाने तयारीमा गरेका जलविद्युत आयाेजनाकाे करिब २००० मेगावाट बराबरको विद्युत् इनरुवा सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने गरी पुलिंग हबको रुपमा यो सबस्टेसन निर्माण गरेको आयोजनाले जनाएको छ ।  साथै, बिराटनगर लगायत पुर्बी नेपालको उच्च औद्योगिक माग र गुणस्तरीय भोल्टेजलाई सम्बोधन गर्नुको साथै स्थानीय स्तरमा विद्युत् वितरणमा ठुलो टेवा पुग्नेछ ।

भारतीय सरकारको लाइन अफ क्रेडिट अन्तर्गत एक्जिम बैंकको सहयोगमा निर्माण भएको सबस्टेसन करिब २४०० मिटर उचाइमा अवस्थित छ । भौगोलिक विकटता र मौसमी जटिलताका वाबजुत पनि ऊर्जा प्रवर्द्धकहरूको उत्पादित विद्युतलाई समयमै प्रसारण गर्न सक्ने गरी सबस्टेसनको निर्माण भएको हो ।

सबस्टेसनको निर्माण ठेक्का भारतको लार्सन एण्ड टुब्रो लिमिटेडले पाएको थियो भने परामर्शदाताका रुपमा वाप्कस इन्डिया रहेको छ । सबस्टेसन केसी-२ प्याकेज अन्तर्गत करिब २६ मिलियन अमेरिकी डलरमा निर्माण पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३