विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागमती प्रदेशको धादिङ जिल्लामा करिब २ सय मेगावाटका ९ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी जलविद्युत प्रवर्द्धकले पहिचान गरी अघि बढाएका यी आयोजना निर्माणाधीन, निर्माणमा जाने तयारीमा र अध्ययनरत छन् ।

विद्युत विकास विभागका अनुसार जिल्लामा १३८ मेगावाटका ५ आयोजनाले निर्माण अनुमति लिई आयोजना अघि बढाएका छन् । बाँकी ६४ मेगावाटको ४ आयोजनाको अध्ययन भइरहेको छ ।

उत्पादन अनुमति पाउनेमा ४२.९ मेगावाटको आँखु खोला, २५.४ मेगावाटको सुपर आँखु, ३८ मेगावाटको माथिल्लो आँखु, २५ मेगावाटको इलेप तातोपानी र ७ मेगावाटको मेनचेत खोला रहेका छन् । यस्तै, अध्ययन अनुमति पाउनेमा २० मेगावाटको आँखु खोला–२, २६ मेगावाटको तातोपानी खोला, १३.८६ मेगावाटको भाबील–१ र ४.५ मेगावाटको गसाली खोला रहेका छन् ।

४२.९ मेगावाटको आँखु खोला आखु हाइड्रो पावर प्रालिले पहिचान गरी अघि बढाएको छ । यो आयोजनाको अध्ययन पूरा गरी २०७३ माघ २७ गते कम्पनीले उत्पादन अुनमति पाएको विभागको वेपसाइटमा उल्लेख छ । यो आयोजना जिल्लाको  दार्खा, गुम्दी र झरलाङमा अघि बढाइएको छ ।

यही खोलामा गोरक्ष हाइड्रो पावर प्रालिले २५.४ मेगावाटको सुपर आँखु खोला अघि बढाएको छ । कम्पनीले २०७५ असोज २ गते उत्पादन अनुमति लिई आयोजनाको काम सुरु गरेको छ । यो आयोजना लापा र सिरतुङमा रहने गरी डिजाईन तयार पारिएको छ ।

आयोजनाको अहिले आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्ने काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहुँचमार्ग निर्माणको काम पूरा गरेर सामान ढुवानी गरेर सिभिल संरचनाको काम सुरु गरिनेछ ।

यस्तै, ३८ मेगावाटको माथिल्लो आँखु खोला धादिङ आँखु खोला हाइड्रो पावर कम्पनीले अघि बढाएको छ । कम्पनीले २०७६ पुस ७ गते उत्पादन अनुमति लिई रुवीभ्याली र खनियाबास गाउँपालिकामा अघि बढाएको  छ । आयोजनाको अहिले पहँचमार्ग बनाउने र रुख कटानको काम भइरहेको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ५ बैंकले साढे ५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । कूल ७ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले गर्ने  ऋण लगानी ७५ प्रतिशत हो । २५ प्रतिशत स्वपुँजी लगानी छ । अबको ४ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ ।

निर्माणमा जानुअघि विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, वन तथा वातावरण मन्त्रालयलबाट गर्नुपर्ने कानुनी प्रक्रिया पूरा भइसकेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत नुवाकोटस्थित नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक पर्ने प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक २१९.१३८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन ६६.७ गिगावाट घन्टा र बर्खाको उत्पादन १५२.४३८ गिगावाट घन्टा हुनेछ ।

रुबी भ्याली हाइड्रो कम्पनीले पनि ७ मेगावाटको मेनचेत खोला अघि बढाएको छ । २०७७ असोज १८ गते विभागबाट उत्पादन अनुमति लिई आयोजनाको काम अघि बढाइएको कम्पनीले जनाएको छ । २५ मेगावाटको इलेप तातोपानी जलशक्ति हाइड्रो कम्पनीले अध्ययन पूरा गरी निर्माण सुरु गर्न लागेको छ । कम्पनीले गत भदौमा उत्पादन अनुमति पाएको थियो ।

विभागका अनुसार यही जिल्लामा ४ आयोजनाको अध्ययन भइरहेको छ । गणेश हिमाल हाइड्रो पावरले २० मेगावाटको आँखु खोला–२ को अध्ययन गरिरहेको छ । कम्पनीले २०७३ कात्तिक २९ गते अध्ययन अनुमति लिई आयोजनाको अध्ययन सुरु गरेको हो । आयोजनाको अध्ययन अवधि आगामी कात्तिक २८ गते सकिदैछ ।

हनुमान हाइड्रो पावर प्रालिले २०७४ बैशाख ५ गते अध्ययन अनुमति लिई २६ मेगावाटको तातोपानी खोलाको अध्ययन गरीरहेको छ । यसको अध्ययन अवधि आगामी २०७९ बैंशाख १४ गते सकिदैछ ।

१३.८६ मेगावाटको भाबील–१ खोला खारे इनभेसमेन्ट लिमिटेडले अध्ययन गरीरहेको छ । कम्पनीले २०७४ असार १८ गते विभागबाट अध्ययन अनुमति पाएको हो । यस्तै, ४.५ मेगावाटको गसाली खोला हिम सिला पावरले अध्ययन गरिरहेको छ । विभागले यो आयोजनाको अध्ययन अनुमति २०७४ मसिर १२ गते जारी गरेको थियो । यसको अवधि आगामी मंसिर ११ गते सकिदैछ ।

यो जिल्लामा ७ मेगावाटको आँखु खोला–१ र  १.६५ मेगावाटको थोपल खोलाले भने विद्युत उत्पादन गरीरहेका छन्। आँखु खोला जलविद्युत कम्पनीले निर्माण पूरा गरेको आयोजनाले २०७० भदौ ८ गतेदेखि नियमीत विद्युत उत्पादन गरीरहेको छ । १.६५ मेगावाटको थोपल खोलाले २०६४ साउन २४ गतदेखि विद्युत उत्पादन गरिरहेको छ । यो आयोजना थोपल खोला हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit