विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार १५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट (ड्यामको गेट) उद्घाटन गरिएको छ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले बिहीबार रसुवामा आयोजित कार्यक्रममा आयोजनाको एक महत्त्वपूर्ण हिस्साका रूपमा रहेको वेयरगेटको उद्घाटन गरेसँगै सो जलविद्युत् परियोजना निर्माण अन्तिम चरणमा पुगेको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत पार्कले गणतन्त्र कोरियाली सरकारले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै नेपालको भरपर्दो विकास साझेदार बनेको बताए । उनले कोरियाका तर्फबाट नेपालमा ३ वटा जलविद्युत् आयोजना निर्माण हुनुका साथै आवश्यक वित्तीय साझेदारी रहेको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा नेपाल र कोरियाबीच सहकार्यका प्रचुर सम्भावना रहेको बताए ।

यस परियोजनालाई नेपाल र कोरियाबीचको दीर्घकालीन ऊर्जा क्षेत्रमा भएको लगानीलाई एक ऐतिहासिक उदाहरणको रूपमा लिन सकिने उनको भनाइ छ । उद्घाटन समारोहमा ऊर्जा मन्त्रालयका अधिकारीहरू, कोरियाली दूतावासका कर्मचारी, परियोजनासम्बन्धी सरोकार भएका निकायका प्रतिनिधिलगायत स्थानीय बासिन्दाको उपस्थिति थियो ।

नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको यस जलविद्युत् आयोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस परियोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीको मिश्रित लगानी रहेको छ । नेपाल जल तथा ऊर्जा विकास कम्पनी प्राइभेट लिमिटेडद्वारा निर्माणाधीन यस आयोजनाको प्रमुख प्रायोजकहरू कोरिया साउथ इस्ट पावर कम्पनी र कोरिया ओभरसिज इन्फ्रास्ट्रक्चर एण्ड अर्बन डेभलपमेन्ट कर्पोरेशन गरी दुई कोरियाली कम्पनी छन् ।

यस आयोजना नेपालको जलविद्युत् क्षेत्रमा सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भएको र नदीको बहावमा आधारित परियोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न हुने तालिका रहेको जनाइएको छ । आयोजनामा ऋण प्रदान गर्ने प्रमुख अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूमा अन्तरराष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र कोरियाली एक्जिम बैंक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३