विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले भारतमा निर्माण हुन लागेको १ हजार ५०० मेगावाटको ताराली पम्प जलाशय जलविद्युत् आयोजनाका लागि हाइड्रोमेकानिकल उपकरण आपूर्तिको ठेक्का पाएको छ । भारतको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा कम्पनी तथा विश्वकै अग्रणी अडानी समूहअन्तर्गतकाे अडानी ग्रीन इनर्जी लिमिटेडले महाराष्ट्र राज्यको सातारा जिल्लामा उक्त आयोजना निर्माण अघि बढाएको हो ।

अडानीको उक्त आयोजनाका लािग एन्ड्रिजले पम्प टर्बाइन, मोटर–जेनेरेटर र अन्य विद्युतीय यान्त्रिक (इलेक्ट्रोमेकानिकल) उपकरणहरू आपूर्ति गर्ने गरी दुवै कम्पनीबीच ठेक्का सम्झौता भएको हो । यद्यपि, उक्त ठेक्का सम्झौता कति मूल्य बराबरको हो भन्ने विषयमा दुवै कम्पनीले खुलाएका छैनन् ।

अडानी ग्रीन इनर्जीबाट एन्ड्रिजले पाएको यो दोस्रो ठेक्का हो । यसअघि सन् २०२३ मा ५०० मेगावाटको चित्रावती पम्प स्टोरेज आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको जिम्मा पनि एन्ड्रिजले नै पाएको थियो ।

ठेक्का सम्झौता अनुसार आयोजनाका लागि एन्ड्रिजले पम्प स्टोरेज आयोजनाका युनिटहरूको डिजाइन, निर्माण, जडान, परीक्षण तथा सञ्चालनलगायतका काम गर्नुपर्ने छ । भारतमै रहेका एन्ड्रिजका अत्याधुनिक उत्पादन केन्द्रहरूबाट ती उपकरण निर्माण गरी विश्वव्यापी सञ्जालको सहयोगमा ठेक्का सम्झौताको पूर्ण कार्यान्वयन गरिने एन्ड्रिज हाइड्रोले जनाएको छ ।

अडानी समूहबाट दोस्रो पटक प्राप्त पाउनुले भारतीय जलविद्युत् बजारमा एन्ड्रिजको बलियो उपस्थिति तथा पम्प स्टोरेज जलविद्युत् आयोजनाको निर्माण र सञ्चालनमा एन्ड्रिजको क्षमतालाई पुष्टि गरेको कम्पनीको भनाइ छ । यो ठेक्काले विद्युत् ग्रिडको स्थायित्व सुनिश्चित गर्न र नवीकरणीय ऊर्जा एकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समेत एन्ड्रिजले जनाएको छ ।

यो समेत हाल एन्ड्रिजले भारतमा ४ वटा नयाँ पम्प स्टोरेज जलविद्युत् आयोजनामा उपकरण आपूर्ति र जडानलगायतका कामको ठेक्का लिएर काम गरिरहेको जनाएको छ ।

भारतले सौर्य र वायु ऊर्जा जस्ता अस्थायी नवीकरणीय ऊर्जा स्रोतहरूलाई सन्तुलन गर्न पम्प स्टोरेज जलविद्युत् आयोजनाको विकास र विस्तार तीव्र रूपमा बनाइरहेको छ । १५०० मेगावाटको ताराली आयोजना पनि ऊर्जा सन्तुलनकै लागि भारतले प्राथमिकताका साथ अघि बढाएको हो ।

अष्ट्रियाली कम्पनी एन्ड्रिजले नेपालसहित विश्वका ८० भन्दा बढी देशमा जलविद्युत्‌लगायत धेरै क्षेत्रमा आधुनिक प्रविधि तथा अत्याधुनिक उपकरणको आपूर्तिसहितको सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३