विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागमती र गण्डकी प्रदेशका १४१९ मेगावाटका जलविद्युत आयोजनाको अध्ययन पूरा भएको छ । सरकारी तथा निजी क्षेत्रले पहिचान गरेको यी आयोजनाको अध्ययन सकिएको हो । 

विद्युत विभाग विकासका अनुसार अध्ययन पूरा भएको आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् ।  २४ वटा जिल्लामा पहिचान भएका १४१९ मेगावाटका आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि आवेदन दिएका हुन् । बागती प्रदेशका ६४८ मेगावाटका आयोजना र गण्डकी प्रदेशको ७८९ मेगावाटका आयोजनाले उत्पादन अनुमति मागेका छन् । 

बागमती प्रदेशको सिन्धुली, रामेछाप, दोलखा, भक्तपुर, धादिङ, काठमाडौं, काभ्रेपञ्चोक, ललितपुर नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, चितवन, मकवानपुर जिल्लामा पहिचान भएका ६४८ मेगावाटका आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएको विभागले जनाएको छ ।

५ मेगावाट क्षमतादेखि २५ मेगावाट क्षमतासम्मका ८८ मेगावाटका आयोजना, २५ मेगावादेखि क्षमतादेखि १०० मेगावाटसम्म १०२ मेगावाटका आयोजना र १०० मेगावाट क्षमतादेखि ५०० मेगावाटसम्मका ४४० मेगावाटका आयोजनाको अध्ययन पूरा भई उत्पादन अनुमतिक लागि आवेदन दिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

यस्तै, गण्डकी प्रदेशको बाग्लुङ, गोरखा, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, नवलपुर, पर्वत, स्याङ्जा, तनहुँ जिल्लामा अध्ययन पूरा भएको ७८९ मेगावाटको आयोजनाले उत्पादन अनुमतिका लाग आवेदन दिएका छन् ।

१०० मेगावाटदेखि ५०० मेगावाटसम्मका ५२१ मेगावाटका आयोजना, २५ मेगावाट क्षमतादेखि १०० मेगावाट क्षमतासम्मका १६६ मेगावाटका आयोजना, ५ मेगावाट क्षमतादेखि २५ मेगावाटसम्मका ८६ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १६ मेगावाटका आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit