विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
हिलटन हाइड्रो र स्नो रिभर्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । हिलटन हाइड्रो इनर्जी लिमिटेड र स्नो रिभर्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । यी दुवै कम्पनीले आफ्ना सेयरधनीहरूलाई क्रमशः ५.२६३ प्रतिशत र ४.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।

हिलटनले ताप्लेजुङ जिल्लामा १२ मेगावाटको सूपर काबेली खोला तथा स्नो रिभर्सले १३.५ मेगावाटको सुपर काबेली खोला 'ए' जलविद्यत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका छन् । सुपर काबेली खोला २०८१ साल चैत २ गतेदेखि र सुपर काबेली खोला 'ए' बाट उत्पादित विद्युत् २०८१ साल पुस ५ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ ।

सुपर काबेली सञ्चालनमा आएको करिब ४ महिनामै हिलटन इनर्जीले क्रमशः आर्थिक वर्ष (आव) २०८१/८२ मा चुक्ता पुँजी ६८ करोड रुपैयाँ (करसहित) ले हुन् आउने ३ करोड ५७ लाख ८९ हजार ४७३ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस्तै, स्नो रिभर्सले चुक्ता पुँजी ७५ करोड रुपैयाँ (करसहित) हुन आउने ३ करोड १५ लाख ७८ हजार ९४७ रुपैयाँ नगद लाभाग वितरण गर्ने भएको छ ।

यसैगरी, हिलटनले १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता र १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको दुवै कम्पनीले जानकारी दिएका छन् । दुवै कम्पनीले सेयर निष्कासन गर्न सम्पूर्ण तयारी पूरा गरी नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन पेश गरिसकेको पनि जनाएका छन् ।

सुपर काबेली खोला 'ए' लाई सुख्खायाममा पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि काबेलीको सहायक आम्जि खोलाको पानी पनि आयोजनाको मुख्य हेडरेस पाइपमा मिसाएर सुख्खायामको कन्ट्रयाक्ट इनर्जी परिपूर्ति गर्ने गरी चालु आवभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको स्नो रिभर्सका अध्यक्ष मोहनविक्रम कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३