विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको नेपाल आयल निगमले विद्युतीय सवारी साधन खरिद गर्ने भएको छ । देशभित्र उत्पादीत विद्युत खपत बढाउन सरकारले विद्युतीय सवारी, विद्युतीय चुलोको प्रयोग बढाउने भनिरहँदा निगमले पनि सवारी प्रवर्द्धन गर्ने प्रक्रिया अघि बढाएको हो ।

तीन वटा ४ पाङ्ग्रे र ५ वटा विद्युतीय (३ वटा साधारण र २ वटा अपाङ्गमैत्री) स्कुटर खरिद प्रक्रिया अघि बढाइएको निगमका इन्जिनियरीङ तथा परियोजना विभागका उपनिर्देशक भरत रेग्मीले बताए ।

 ‘टेण्डर आह्वान गरेर सवारी खरिद प्रक्रिया अघि बढिसकेको छ’, उनले ऊर्जा खबरसँग भने, ‘अहिले मुल्याङ्कन गर्ने काम भइरहेको छ, सम्भवत एक हप्ता–दश दिनभित्र सवारी खरिद गरिनेछ ।’

‘सवारी साधनको क्षेत्रमा विद्युतीकरणको अवधारण विकसित भइरहेकोले पेट्रोलियम पदार्थ आयात गर्ने निगम आफैले विद्युतीय सवारी खरिद गरेर उदाहरण बन्नेछ’ उनले भने ।

प्रत्येक वर्ष भारत सरकारलाई ठुलो मात्रामा शुल्क बुझाइरहेको बताउँदै रेग्मीले अब अत्यावसेक क्षेत्रमा बाहेक अन्य क्षेत्रमा विद्युत नै प्रयोग गर्नुपर्ने बताए ।

पछिल्लो पटक १६ अक्टोबरमा भारतीय आयल कर्पोरेशनले पठाएको मूल्यसूचीअनुसार पेट्रोल, डिजेल लगायत अन्य पेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले निगम २० महिनापछि नाफामा रहेपनि फेरी घाटामा जाने अवस्था सिर्जना भइरहेको निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा कच्च तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुन: बढ्ने क्रममा रहेकोले नेपालमा पनि मूल्य बढ्ने भएकोले अब विद्युतीय सवारीमा जानुपर्ने रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३