विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपर माई हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ । कम्पनीले जारी पुँजी ५० करोडको १० प्रतिशत सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।

सय रुपैयाँ अंकित ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि र ५ प्रतिशत हुन आउने अर्थात २५ हजार कित्ता सेयर सामुहिक लगानी कोषका तथा २ प्रतिशत हुन आउने अर्थात १० हजार कित्ता सेयर कम्पनीका  कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । सर्वसाधारणले न्यूनत्तम १० कित्ता देखि २० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit