विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रौतहटस्थित चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अपि पावर कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजना आइतबारदेखि प्रसारण प्रणालीमा जोडिएको हो ।

यो आयोजना गत असार ३ गतेदेखि नै प्रसारण प्रणालीमा जोड्ने तयारी भए पनि प्राविधिक कारणले २५ दिनपछि मात्रै जोड्न सम्भव भएको हो । यसअघि बैशाखभित्रै प्रसारण प्रणालीमा जोड्ने याेजना थियाे । कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको प्रभावले २ महिना ढिलो गरी उत्पादन सुरु गरिएको हो ।

जलविद्युतमा लगानी गर्दै आएको अपि पावरले पहिलो पटक सौर्य विद्युत आयोजना निर्माण गरी प्रणालीमा जोडेको हो । आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोडिएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।

१५ दिन परीक्षण उत्पादन गरी विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिइने र त्यसपछि व्यापारिक उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ । कम्पनीले १२ बिघा क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको छ ।

यो सौर्य विद्युत आयोजनाले वार्षिक ६९.२५ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । मासिक ५ लाख युनिटसम्म विद्युत उत्पादन हुनेछ । यो व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले निजी लगानीमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको तेस्रो सौर्य विद्युत आयोजना हो ।

३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाडौंले एकल लगानी गरेको छ । आयोजनामा कूल लागतको २५ प्रतिशत (८.२५ करोड ) स्वपुँजी र ७५ प्रतिशत (२४.७५ करोड) ऋण लगानी छ । 

यो सौर्य विद्युत आयोजना प्रसारण प्रणाललीमा जोडिएपछि प्रदेश–२ को विद्युत वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा दिगो र गुणस्तरीय विद्युत प्रवाह हुने कम्पनीको दाबी छ । यो आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम नेपालको कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो ।

यो कम्पनीले कोरोना (कोभिड–१९) महामारीकाबीच काम भएको दिनको मात्रै हिसाब गर्दा ४ महिनामा सम्पन्न गरेको हो । यो आयोजना निर्माण गर्न अपि पावर र कुशल प्रोजेक्टबीच २०७७ पुस १६ गते ठेक्का सम्झौता भएको थियो ।

अपि पावरले १/१ मेगावाटका ढल्केबर र सिमरा सौर्य विद्युत आयोजना पनि निर्माण गरिरहेको छ । जसमा ढल्केबर सौर्य विद्युत आयोजनाको करिब ५० प्रतिशत निर्माण पूरा भइसकेको छ । यी २ सौर्य विद्युत आयोजनामा पनि बैंक अफ काठमाडौंले एकल लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ । 

अपि पावरले यसअघि दार्चुलामा निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दार्चुलामै ४० मेगावाटको माथिल्लो चमेलिया पनि निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit