विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २५, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल सोलार पावर प्रोड्युसर्स एसोसिएसन (सोपान) ले गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित समुदायका लागि राहतस्वरूप वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) लाई १,००० थान सोलार एलईडी लाइट प्रदान गरेको छ ।

सोपानका अध्यक्ष डा. सन्दीप शाहले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् । विद्युत् आपूर्ति अवरुद्ध भएका तथा अत्यावश्यक सेवामा पहुँच टुटेका बाढीप्रभावित क्षेत्रका परिवार तथा समुदायको तत्कालको उज्यालोको आवश्यकता पुरा गर्न यी सोलार एलईडी लाइटले सहयोग पुर्‍याउनेछन् ।

जहाँ ऊर्जाको बढी आवश्यकता छ, त्यहाँ सौर्य प्रविधिको व्यावहारिक प्रयोग गर्ने सोपानको प्रतिबद्धताअनुरूप यो सहयोग गरिएको शाहले बताए । पोर्टेबल सोलार लाइटले केन्द्रीय विद्युत् प्रसारण प्रणाली (ग्रिड) मा निर्भर नरही साँझको समयमा आवतजावत सहज बनाउनुका साथै राहत तथा पुनर्स्थापना कार्यमा मद्दत पुर्‍याउने बताइएको छ ।

नेपाल सरकारको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी केन्द्रीय निकायका रूपमा रहेको एईपीसीमार्फत बाढीप्रभावित समुदायसम्म सफा ऊर्जाको पहुँच पुर्‍याउने जारी राहत अभियानलाई सघाउन सोपानले यो पहल गरेको शाहको भनाइ छ ।

सोपान ग्रिड-कनेक्टेड सौर्य ऊर्जा उत्पादकहरूको राष्ट्रिय छाता संस्था हो, जसले नेपालमा नवीकरणीय ऊर्जा रूपान्तरण, उपयोगिता-स्तरका सौर्य आयोजना, र कृषि-सोलारजस्ता प्रविधि प्रवर्द्धन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३