विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । बाँकेमा प्योर इनर्जी प्रालिमार्फत निर्माण भएको आयोजनाको विद्युत बिहीबार (चैत २३ गते) देखि राष्ट्रिय ग्रिडमा जोडिएको हो ।

बाँकेमा निर्माणाधीन २० मेगावाटका दुई आयोजनामध्ये दोस्रो भाग अर्थात बाँके–२ सौर्य आयोजनाको काम पूरा गरी प्रणालीमा जोडिएको ऊर्जा डिभिजन (गोल्यान समूह) का प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताए ।

आयोजनाको विद्युत १५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको कोहलपूर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

 ‘हामीले निर्माणाधीन २ मध्ये एउटा आयोजनाबाट विद्युत उत्पादन सुरु गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले नो लोडमा आयोजना प्रणालीमा जाेडेका छाैं, ट्रान्सफर्मरहरू चार्ज गर्दैछौं, ट्रान्सफर्मरहरूकाे चार्ज पूरा गर्न थप १२ घन्टा समय लाग्छ ।’  अबको करिब ४८ घन्टापछिबाट प्राधिकरणलाई १५ दिनसम्म निशुल्क विद्युत दिने अवधि सुरु हुनेछ ।

प्राधिकरणसँग सन् २०२१ डिसेम्बरमा नै विद्युत खरिद सम्झौता (पिपिए) गरेपनि ८ महिनाअघि मात्र निर्माण काम सुरु गरिएको थियो । पिपिए लगतै आयोजनाको निर्माण सुरु गर्ने योजना भएपनि कोभिड–१९ महामारीलागायतका कारणले गर्दा प्रभावित भएको अर्यालले बताए । आयोजनाको प्रतियुनिट ७.३० रुपैयाँमा पिपिए गरेको छ ।

आयोजनाबाट वार्षिक २० कराेड ३ लाख युनिट विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न करिब ११५ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा नबिल बैंकले ७५ प्रतिशत ऋण लगानी गरेको छ भने बाँकी स्वपूँजी लगानी छ ।

समूहकै १० मेगावाटको बाँके–१ सौर्य विद्युत आयोजना पनि अबको २ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको अर्यालले जानकारी दिए । यो आयोजनाबाट पनि वार्षिक २० हजार २ सय ३४ मेगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

गोल्यान समूहले यी आयाेजनासँगै थप ४० मेगावाट साैर्य आयाेजना अघि बढाएकाे छ । अहिले समूहसँग ६० मेगावाट बराबरका सौर्य विद्युत आयोजना छन् । यो समूहको जलविद्युतमा पनि लगानी छ । 

आयोजना थप विवरण

आयोजना ः साेर्य आयोजना, बाँके-२

आयोजना स्थल ः बाँके

क्षमता ः १० मेगावाट

प्रवर्द्धक ः प्योर इनर्जी प्रालि

निर्माण खर्च ः ११५ कराेड रुपैयाँ

ऋण लगानी ः ७५ प्रतिशत

स्वपूँजी लगानी ः २५ प्रतिशत

वित्तिय संस्था ः नबिल बैंक

विद्युत खरिद सम्झौता (पिपिए) : २०२१ डिसेम्बर

पिपिए दर ः ७.३० रुपैयाँ

विद्युत जाेडिने स्थान ः काेहलपुर सबस्टेसन

प्रसारण लाइन ः १५ किलाेमिटर, ३३ केभी लाइन

वार्षिक विद्युत उत्पादन ः २० हजार २ सय ३४ मेगावाट घन्टा

निर्माण अवधि ः ८ महिना

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३