विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौ । नेपालको जलविद्युत्, बैंकिङ, र सामाजिक सेवाको क्षेत्रमा एक परिचित नाम हो — विक्रम विष्ट । बहुआयामिक व्यक्तित्वका धनी विष्ट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को २४औँ साधारणसभाबाट चयन हुने उपाध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन् । देशको ऊर्जा क्षेत्रलाई नयाँ दिशा दिन सक्रियताका साथ लागेका उनको यस क्षेत्रमा २ दशकभन्दा लामो अनुभव छ ।

नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने यात्रामा विष्टको योगदान उल्लेखनीय देखिन् छ । वि.सं. २०६३ सालदेखि नै उत्पादन सुरु गरेको निजी क्षेत्रको तेस्रो जलविद्युत् आयोजना ७ मेगावाटको 'बराम्ची खोला'को सफल विकास गरेर उनले नेपालको जलविद्युत् इतिहासमा एउटा बलियो जग बसालेका छन् ।

वर्तमान समयमा उनी 'इसुवा इनर्जी प्रा.लि.'को अध्यक्षको रूपमा संखुवासभामा निर्माणाधीन ४०.१ मेगावाटको इसुवा खोला आंशिकजलाशय क्यास्केड आयोजनालाई सफलतापूर्वक अगाडि बढाइरहेका छन् । यस आयोजनाको हाल करिब ९० प्रतिशत काम पूरा भइसकेको छ । यसबाहेक हेल्म्स विष्ट इनर्जी हाउस, भिजन टेस्ला पावर र केबीएनआर इसुवा पावरजस्ता व्यावसायिक प्रतिष्ठान मार्फत देशको ऊर्जा संकट निवारणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

विष्टको व्यावसायिक दक्षता केवल जलविद्युत्‌मा मात्र सीमित छैन । उनी नेपालको वित्तीय क्षेत्रको विकासमा पनि उत्तिकै सक्रिय छन् । आइसिएफसी फाइनान्स लिमिटेडको संस्थापक सञ्चालक रहेका उनी कुमारी बैंक लिमिटेड र सूर्य ज्योति इन्स्योरेन्स कम्पनी लिमिटेड जस्ता प्रतिष्ठित वित्तीय संस्थाको प्रमुख प्रवर्द्धक समेत छन् । व्यापारिक क्षेत्रतर्फ विष्ट ट्रेडिङ हाउस, वन्डरर्स नेपाल र स्काई वाक प्रा.लि.मा पनि उनको बलियो व्यावसायिक साझेदारी रहेको छ ।

व्यावसायिक उचाइ हासिल गरे पनि विष्टको मन उत्तिकै परोपकारी छ । उनी 'छत्र-बम विष्ट फाउन्डेसन'को परिकल्पनाकार पनि हुन् । घिमिरे विष्ट उद्धार केन्द्रीय समितिको रणनीतिक सल्लाहकारका रूपमा सामाजिक सेवामा समर्पित हुँदै आएका छन् ।

'ऊर्जा विशेषज्ञता, सफल नेतृत्व र दिगो भविष्य' आफ्नो मुख्य मन्त्र बनाएका विष्ट समृद्ध नेपाल निर्माणका लागि एक 'भिजनरी लिडर'का रूपमा आफूलाई स्थापित गर्ने दिशामा अग्रसर छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३