विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकामा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस) मा आधारित ४ सय केभी सबस्टेसनको निर्माण आगामी जेठमा पूरा गर्ने लक्ष्य राखिएको छ । हामल सबस्टेसनको काम करिब ७० प्रतिशत  पूरा भएको जनाइएको छ ।

तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोला–नालाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन उक्त सबस्टेसन निर्माण सुरु गरिएको हो । सोही स्थानमा २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ ।

जिआईएस प्रविधिमा आधारित उक्त सबस्टेसनका सम्पूर्ण उपकरणहरू निर्माणस्थलमा आपूर्ति भइसकेको र पावर ट्रान्सफर्मरहरू राख्ने सिभिल संरचनाको निर्माण सम्पन्न गरी जडान भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार नियन्त्रण कक्ष, जिआईएसका उपकरण रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । यी संरचनाको निर्माणपछि उपकरण जडानको काम सुरु हुनेछ ।

सबस्टेसन निर्माणपछि बलेफी तथा भोटेकोशी नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको विद्युत् यहीँ जोडी बाह्रबीसे–खिम्ती ४०० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ । यस्तै, हिउँदमा खिम्तीबाट काठमाडौँ उपत्यकामा थप विद्युत् ल्याउन सकिने पनि जनाइएको छ ।

उता, तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबीसेसम्म ४३ किलोमिटर प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । खिम्ती–बाह्रबीसे प्रसारण लाइनमा पर्ने ११८ वटा टावरमध्ये ११७ वटाको जग हालिएको, ११५ वटा टावर खडा गरिएको र ३६ किलोमिटर तार तानिएको जनाइएको छ । एउटा टावरमात्र निर्माण गर्न बाँकी रहेको हुँदा खिम्ती–बाह्रबीसे खण्ड आगामी माघभित्र सञ्चालनमा ल्याउने तयारी छ ।

त्यसैगरी, बाह्रबीसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये ११८ वटाको जग हालिएको छ । ११७ वटा टावर खडा गरिएको छ । ४२ किलोमिटर तार तानिएको छ ।

खिम्ती–बाह्रबीसे–काठमाडौँ हुँदै प्रवाह भएको विद्युत्लाई काठमाडौँ उपत्यककामा छिराउन लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन अगाडि बढाइएको छ । स्थानीयको अवरोधका कारण निर्माण प्रभावित भएको छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले निर्माण गर्ने ४०० केभी प्रसारण लाइन सम्पन्न भएपछि उपलब्ध विद्युत् लप्सीफेदीबाट नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) भुमहीस्थित नयाँ–बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३