विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको दिल्लीमा विद्युतको उच्च माग बढेर साढे ६ हजार मेगावाट नजिक पुगेको छ । तापक्रममा भएको वृद्धिसँगै एसी, कुलर जस्ता विद्युतीय उपकरणको उपयोग बढेपछि  तथा लकडाउन खुकुलो भएपछि विद्युत माग पनि बढेर याे वर्षकाे उच्च विन्दुमा पुगेको हो ।

बिहीबार दिउँसो दिल्लीमा ६ हजार ४ सय ९९ मेगावाट विद्युत खपत भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यो उच्च माग गत वर्षको भर्मी मौसम तुलनामा बढी हो । 

अघिल्लो दिन बुधबारको माग ६ हजार ३ सय २९ मेगावाट हाराहारीमा रहेकोमा बिहीबार १ सय ७० मेगावाट  खपत बढेको दिल्ली भार प्रेषण केन्द्रले जनाएको छ । 

अघिल्लो वर्ष गर्मी मौसममा दिल्लीको उच्च माग ६ हजार ३ सय १४ मेगावाट मात्रै थियो । यो वर्ष जुन महिना लागे यता विद्युत माग ४० प्रतिशतसम्म बढेको छ । 

दिल्लीमा ३ व्यापार कम्पनीले विद्युत वितरण गर्दै आएका छन् । बिहीबार बिआरपिएलको उच्च माग २ हजार ८ सय ४२ मेगावाट थियो । बिवाइपिएल र टिपिडिडिएलको उच्च माग क्रमशः १४ सय ६४ मेगावाट र १९ सय ३८ मेगावाट थियो ।

दिल्लीमा सन् २०१९ को गर्मी याममा अहिलेसम्मकै बढी ७ हजार ४ सय ९ मेगावाट विद्युत खपत भएको थियो । यो त्यहाँको अहिलेसम्म उच्च माग हो । सन् २०१९ पछि इतिहासकै बढी विद्युत खपत भए पनि त्यस यता त्यही विन्दुमा फेरि पुग्न सकेको छैन । यो वर्ष दिल्लीको उच्च विद्युत माग ७ हजार देखि ७ हजार ४ सय मेगावाटसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।

कोरोना (कोभिड–१९) महामारीको प्रभाव बढी विद्युत खपत हुने उद्योग, कलकारखाना, व्यापार व्यवसायमा परिरहेकाले उक्त वर्षको तुलनामा विद्युत खपत परिमाण कम देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दिल्लीमा विद्युत खपत गर्ने ४५ लाख ग्राहक छन् ।

पिटिआईबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit