विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ जेठ १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशको डोल्पामा जगदुल्ला हाइड्रो पावर कम्पनीले अघि बढाएकाे १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धकबीच बुधबार (बैशाख २७ गते) सम्झौता भएको हो ।

पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरे । सम्झौता अनुसार प्राधिकरणले हिउँदमा नन पिकिङ आवर अर्थात सामान्य समयमा उत्पादन भएको विद्युत प्रतियुनिट ८.४० रुपैयाँमा र पिक आवरमा उत्पादित विद्युत प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्नेछ । बर्खायामको विद्युत भने नदी प्रवाही आयाेजना सरह प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्नेछ ।

आयोजनाकाे निर्माण पूर्वकाे काम सकिन लागेकाे कम्पनीले जनाएकाे छ । आयोजना सम्पन्न गर्न २४ अर्ब १७ करोड ४८ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा निफ्राको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभपलमेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष र नबिल बैंकले ऋण लगानी गर्ने सहमति गरीसकेका छन् ।

आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । ऋण बाहेकको ३० प्रतिशत अर्थात ७ अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाइनेछ । आयोजनाको निर्माणका लागि एक महिनाभित्रमा बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय स्रोत व्यवस्थापन सम्बन्धि सम्झौता गर्ने तयारी भइरहेको छ ।

आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आयोजनाका लागि आवश्यक जग्गा मध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा १४ वटा घर टहराको अधिग्रहण कार्य सम्पन्न गरी सम्बन्धित जग्गा धनीलाई मुआब्जा वितरण भइसकेको छ ।

दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा रहेको छ । वातावरणीय अध्ययन कार्य अन्तर्गत टिओआर तथा स्कोपिङ मस्यौदा स्वीकृत भई सार्वजनिक सुनुवाई गरी अन्तिम प्रतिवेदन विद्युत विकास विभागमा पेश गरिएको छ । यो  प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९३.२४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यही कम्पनीले ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ को काम पघि अघि बढाएको छ ।

याे पनि पढ्नुहाेस

१०६ मेगावाटकाे जगदुल्लामा ४ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने, एक महिनाभित्र सम्झौता हुँदै

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit