विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८२ ब‌ैशाख २, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ । आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्‌गृहभित्र रोटर कार्य जडान सफल भएको हो । सिनो हाइड्रो लिमिटेडले १९० टन क्षमताका दुईवटा रोटर जडान गरेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । विद्युत्‌गृहभित्रको काम अन्तिम चरणमा पुगेको छ । अब विद्युत्‌गृह सञ्चालनको तयारी अवस्थामा पुगेको छ ।’

जलविद्युत् आयोजनाको तीन चरणमा काम भइरहेको छ । भण्डारीका अनुसार चरण–१ अन्तर्गत बाँध निर्माणमा ३६.१५ प्रतिशत र चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७५ प्रतिशत प्रगति भएको छ । चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउने कार्यमा ढिलाइ हुँदा काम प्रभावित भएको आयोजनाका प्रमुख भण्डारीले बताए । त्यसका लागि आयोजनाले सम्बन्धित निकायसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको उनले जानकारी दिए ।

आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापनलगायतमा कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने आयोजना कार्यालयले जनाएको छ ।

उक्त रकम एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल् विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३