विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नबिल बैंक लिमिटेडले '८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ निष्कासन गर्ने भएको छ । बैंकको सोमबार सम्पन्न विशेष साधारणसभाले उक्त निर्णय पारित गरेको हो ।

व्यापार वृद्धि तथा जोखिमलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक देखिएकाे हुँदा उक्त प्रकृतिको शेयर निष्कासन गर्नुपर्ने खाँचो देखिएको बैंकले जनाएको छ ।

अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउन शेयरधनी लगायत सरोकारवाला पक्षबाट लामो समयदेखि निरन्तर योगदान प्राप्त भएजस्तै उक्त वित्तीय उपकरणलाई सार्थक तथा सफल बनाउन उतिकै सहयोगको खाँचाे रहेको बताए । बैंकका अनुसार नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरको मताधिकार हुने छैन । बैंकले निष्कासन गर्ने उक्त प्रकृतिको शेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने पनि जनाइएको छ ।

यस खालको वित्तीय उपकरण नेपाली पुँजी बजारका लागि नयाँ रहेको बैंकको दाबी छ । यही कारण नेपाल राष्ट्र बैंकले यो व्यवस्था गरेपश्चात् बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेको पनि बैंकले जानकारी दिएको छ । साथै, सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा परिमार्जन आवश्यक भएमा सो गरी उक्त प्रकृतिको शेयर जारी हुनेछ ।

दिगो बैंकिङलाई जोड दिँदै आएको नबिलले नेपाली अर्थतन्त्रको पछिल्लो दृश्यलाई मध्यनजर गर्दै नेपालको बैकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न जरुरी रहेको पौडेलले बताए । 'देशको व्यावसायिक एवम् औद्योगिक गतिविधिलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसर सिर्जना तथा सरकारी कोषमा सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंकका रूपमा बारम्बार सम्मानित भएर योगदान बैंक सफल भएको छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३