काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सभा पुस २८ गते (बिहीबार) हुने भएको छ । सञ्चालक समितिको पुस ६ गते बसेको बैंठकले उक्त साधारण सभाकाे मिति तय गरेको हो ।
कम्पनीको अनुसार उक्त सभामा २०७८/७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा/नोक्सान, हिसाब नगद प्रबाह लगायत वित्तीय विवरण छलफल गरी पारित गरिनेछ । साथै, २०७९/८० को लागि लेखापरीक्षक समेत नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने जनाएको छ ।
कम्पनीकाे साधारण सभा पुस २८ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको कास्की जिल्लाको सार्दीखोलामा ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजना निर्माणाधीन छ ।