विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २०७९ को बैशाख र जेठमा नेपाल विद्युत प्राधिकरणका ३७ कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् । ३ निर्देशक सहितका कर्मचारीले प्राधिकरणकाे सेवाबाट अनिवार्य अवकास पाउन लागेका हुन् ।

उमेर हद तथा सेवा अवधि पुगेका र शैक्षिक प्रमाणपत्रका आधारमा २ देखि ११ तहसम्मका कर्मचारीले सेवाबाट अवकास पाउन लागेका प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बैशाख महिनामा १९ र जेठ महिनामा १८ कर्मचारीले अवकास पाउँदै छन् ।

बैशाखमा सेवाबाट अवकास पाउनेमा प्राविधिक सपोर्ट विभागमा तह ११ निर्देशकमा कार्यरत चन्द्रशेखर चौधरी रहेका छन् । चौधरीले शैक्षिक प्रमाणपत्रका आधारमा बैशाख २४ गते अवकास पाउँदै छन् ।

यस्तै, तह ८ सहायक निर्देशकमा कार्यरत खुम नारायण श्रेष्ठ र तिर्थ बहादुर बस्नेतले पनि शैक्षिक प्रमाणपत्रका आधारमा  सेवाबाट अवकास पाउँदै छन् । श्रेष्ठ वितरण तथा ग्राहक सेवा निर्देशनालय अर्थ महाशाखामा र बस्नेत अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीमा कार्यरत छन् ।

तह ७ का कुशल दत्त मिश्र, ६ तहका राम कुमार भण्डारी, ५ तहका दल बहादुर राउत, विलक्षण पंजियार, राम बहादुर घलान, नेत्र बहादुर बस्नेत, ध्रुव कुमार श्रेष्ठ र दण्डपाणी गौडेलले सेवाबाट अवकास पाउँदै छन् ।

तह ४ का राम प्रसाद आचार्य, तह ३ का बाबुकृष्ण खड्का, किशोर भट्ट, बाबुराम श्रेष्ठ, पुर्णराज शाक्य, २ तहका तिपम्बर त्रिपाठी, लोक बहादुर सुवेदी र तिलक बहादुर श्रेष्ठले अवकास पाउँदै छन् ।

यस्तै, जेठमा तह ११ निर्देशकमा कार्यरत अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडमा कार्यरत दिनेश जंग राणा र मझौता उत्पादन सञ्चालन तथा संभार विभागमा कार्यरत कृष्ण प्रसाद यादवले सेवाबाट अवकास पाउँदै छन् । दुवै शैक्षिक प्रमाणपत्रका आधारमा अवकास पाउँदै छन् ।

तह ७ का तारा बहादुर कार्की, तह ६ का बेदराज धमला, योगेन्द्र निरौला, निलकण्ठ शर्मा कट्टेलले अवकास पाउँदै छन् । तह ५ का पुष्पराज बज्राचार्य, डुल बहादुर घिमिरे, राजेश कुमार शर्मा, रमेशचन्द्र ठाकुर, विन्देश्वर दासले सेवाबाट अवकास पाउँदै छन् ।

तह ४ का विशाल देवान, तह ३ का तेज बहादुर खडायत, रघुनाथ घिमिरे, २ तहका खुमान सिंह महत्राक्षेत्री, ज्ञान प्रसाद न्याउपाने, इन्द्र बहादुर गुरुङ र सुदर्शन कार्कीले सेवाबाट अनिवार्य अवकास पाउँदै छन् । प्राधिकरणले अवकास हुने कर्मचारीको नामावाली ६ महिना अघि नै सार्वजनिक गर्दछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit