images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) काे पदपूर्तिका लागि आवेदन खुलेको छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट सिइओ छनाेट गर्ने गरी आवेदन माग गरेको हो ।

उक्त पदका लागि आवेदन दिन मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नाकोत्तर गरेको र जलविद्युत क्षेत्रमा कम्तीमा पनि ४ वर्ष कार्यअनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनुपर्ने कम्पनीले जारी गरेकाे सूचनामा जनाइएकाे छ । 

कम्पनीका अनुसार आवेदन दिन ३५ वर्ष पूरा भई ६१ वर्ष ननाघेको हुनुपर्ने उमेर हद तोकिएको छ । इच्छुक नेपाली नागरिकले ७ दिनभित्र कार्यालय समयमा दरखास्त दिन सक्नेछन् ।

इच्छुक योग्य व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, व्यवसायिक कार्य अनुभवको उम्मेदवार स्वयंबाट प्रमाणित प्रतिलिपिसहित पेश गर्नुपर्नेछ । सीइओका लागि आवेदन दिने व्यक्तिले व्यवसायिक रणनीति तथा कार्ययोजना समेत पेश गर्नुपर्नेछ ।

यो कम्पनीले जाजरकोटमा ४१७ मेगावाटको नलगाड जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit