विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा ट्र‌ंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई आगामी कात्तिक ८ गतेभित्र बाँकी विद्युत् महसुल बुझाउन ताकेता गरेको छ । विगतमा पनि पटक-पटक महसुल बुझाउन आग्रह गर्दै आएको प्राधिकरणले आज (बिहीबार) पुन: यस्तो सूचना निकालेको हो ।

प्राधिकरणले यसअघि पनि महसुल बुझाउन ताकेता गर्दै धेरै पटक सूचना निकालिसकेको छ । सूचना निकालेपछि केही उद्योगले तिरेको र अझै धेरैकाे महसुल बाँकी नै रहेको जनाइएको छ । प्राधिकरणले बिहीबार प्रकाशित गरेको सूचनामा तोकिएको समयभित्र महसुल नबुझाएमा कानुनबमोजिम असुल उपर गर्ने चेतावनी समेत दिइएको छ ।

प्राधिकरणले गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनामा बक्यौता महसुल नबुझाएका उद्योगहरूको नाम र उनीहरूले गणना सिटअनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकमसमेत सार्वजनिक गरिएको छ । आंशिक प्रिमियम रकम बुझाइसकेकाको हकमा भने रकम समायोजन गरिने जनाएको छ ।

विद्युत् प्राधिकरणले प्रकाशित गरेको सूचना

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३