काठमाडौं । नगर फिडरको विद्युत सेवा ७ घण्टाका लागि बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले लाइन मर्मत संभार गर्नका लागि सेवा बन्द गरेको हो ।
केन्द्र अन्तर्गतको विराटनगर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ११ र १२ क्षेत्रमा लाइन मर्मत संभार गर्नका लागि सेवा बन्द गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सेवा सोेमबार (आज) बिहान ९ बजेदेखि बन्द गरिएको हो ।
अवरुद्व विद्युत सेवा ४ बजेबाट सुचारु हुनेछ । सेवा बन्द हुँदा यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ । तोकिएको सयमअगावै काम सकिएमा निर्धारित समयअगावै सेवा सुरु गर्ने केन्द्रले जनाएको छ ।