काठमाडौँ । राजा भाइ शिल्पाकारलाई जिम्मेवारी तोकेको दुई महिना नपुग्दै नेपाल विद्युत् प्राधिकरणले प्रवक्ता फेरेको छ । उक्त जिम्मेवारी हाल ग्रिड सञ्चालन विभागको निर्देशक रहेका राजन ढकाललाई तोकिएको छ ।
ढकालले यसअघि विद्युत् व्यापार विभागको निर्देशक, बागमती प्रादेशिक कार्यालय काठमाडौँ, कोशी प्रादेशिक कार्यालय विराटनगरको प्रमुख तथा विभिन्न विभाग तथा आयोजनाको प्रमुख भएर जिम्मेवारी सम्हालिसकेका छन् । कुशल नेतृत्व क्षमता र शालीन स्वभावका ढकालले प्रवक्ताको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
यसअघि कार्यकारी निर्देशकको सचिवालायमा कार्यरत निर्देशक शिल्पाकारलाई चैत १४ गते प्रवक्ताको जिम्मेवारी तोकिएको थियो । शिल्पाकारअघि भार प्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोष उक्त जिम्मेवारीमा थिए ।