विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उप–महासचिव एंव पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निर्माणाधीन १३२ केभी घोराही–खुंग्री प्रसारण लाइनको निरीक्षण गरेका छन् । रोल्पाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यसमेत रहेका पुनले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरेका हुन् ।

उनले खुंग्रीस्थित आयोजनास्थल पुगेर सम्बन्धित कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिसँग कामको प्रगतिबारे जानकारी लिए । आयोजनाको हालसम्मको प्रगति सन्तोषजनक रहेको भन्दै पुनले यही रफ्तारमा काम भए पूर्वनिर्धारित समयसीमाभित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

‘ऊर्जामन्त्री भएका बेला मैले नै अघि बढाएको योजना भएकोले पनि मेरो यसमा चासो छ’, उनले भने, ‘प्रसारण लाइन निर्माणका क्रममा कुनै समस्या आइपरे मलाई जानकारी गराउनुहोस्, सबै प्रकारको सहयोगका लागि तयार छु ।’ उनले आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाए ।

यो लाइन पूरा भएपछि रोल्पा, रुकुम र प्यूठान क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत्‌काे पहुँच पुग्ने र त्यस क्षेत्रमा निर्माणाधीन तथा निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली प्रसारण प्रणालीमा जोडिनेछ ।

घोराहीदेखि खुंग्रीसम्म ४० किलोमिटर लामो लाइन निर्माण हुनेछ । एसियाली विकास बैंकको २ अर्ब रुपैयाँ लगानीमा यसको निर्माण भइरहेको छ । लाइन निर्माण गर्न २०७९ पुस २४ गते हस्ताक्षर भएको थियो ।

भारतीय कम्पनी केइसी इन्टरप्राइजेजले सम्झौताअनुसार १ फागुन २०७९ बाट काम थालेको हो । ३० महिना अर्थात २०८२ भदौभित्र लाइन निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

हालसम्म १५ प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाका इन्जिनियर प्रदीप खत्रीले जानकारी दिए । रोल्पामा जग्गा अधिग्रहणको काम सकिएको तथा दाङ र प्यूठानको पनि जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएर प्रक्रिया अघि बढेको खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३