विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । धनुषाको ढल्केबरमा १० मेगावाटको मिथिला–२ सौर्य विद्युत आयोजना निर्माण सुरु हुने चरणमा पुगेको छ । इको ग्लोबल पावर कम्पनीले व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले २० बिघा क्षेत्रफलमा यो सौर्य विद्युत आयोजनाको निर्माण सुरु गर्न लागेको हो । 

सौर्य विद्युत आयोजना निर्माण सुरु गर्न उत्पादन अनुमतिपत्र पर्खिरहेको कम्पनीका अध्यक्ष नविन सिंहले बताए । ‘विद्युत विकास विभागबाट सौर्य विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र कुरिरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘उत्पादन अनुमतिपत्र प्राप्त हुनासाथ बैंकबाट हुने वित्तीय व्यवस्थापनको टुंगो लगाएर संरचना निर्माणको काम सुरु गर्ने तयारी गरिरहेका छौं ।’

उनले विभागबाट सौर्य विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताए । सौर्य विद्युत आयोजनाका लागि ऋण लगानी जुटाउन बैंकसँग अनौपचारिक सहमति भइसकेको र चाँडै वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर हुने पनि उनले बताए ।

यसअघि १० मेगावाटको मिथिला सौर्य विद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको समूहले नै यो सौर्य विद्युत आयोजना निर्माण गर्न लागेको हो । यो सौर्य विद्युत आयोजना निर्माण गर्न ८० करोड रुपैयाँ (८ करोड प्रतिमेगावाट) लागत अनुमान गरिएको छ ।

निर्माण सुरु गरेको ६ महिनामा सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मासिक १४ लाख युनिट विद्युत प्रसारण प्रणालीमा दिन सकिने कम्पनीले जनाएको छ ।

मिथिला–२ पछि लाहान र नवलपुरमा पनि १०/१० मेगावाटका सौर्य विद्युत आयोजना निर्माण गर्न लागेको सिंहले बताए । अबको डेढ वर्षमा ५० मेगावाट सौर्य विद्युत उत्पादन गरी प्रसारण प्रणालीमा जोड्ने योजना उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३