विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १४, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) ले दैलेखमा निर्माण गर्न प्रस्ताव गरेको ३० मेगावाटको दुल्लु–मालिका सौर्य विद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तथा प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन (आइइई रिपोर्ट) प्रतिवेदन तयार गर्ने जिम्मा एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडलाई दिइएको छ । आयोजना प्रवर्द्धक र परामर्शदाता संस्थाबीच उक्त परामर्श सेवाका लागि मंगलबार सम्झौता भएको हो ।

सम्झौता पत्रमा एनइए इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरन्तन विक्रम राणा र भियुसिएलका निमित्त प्रमुख कार्यकारी अधिकृत (एसिइओ) हिरामान वाइबाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दुल्लु–मालिका सौर्य विद्युत् आयोजना तथा यसको विद्युत् प्रसारणका लागि आवश्यक १३२ केभी प्रसारण लाइनको डिपिआर र आइइई प्रतिवेदन एनइए इन्जिनियरिङले तयार गर्ने छ । यसका लागि प्रतिस्पर्धाबाट छनोट भएको एनइए इन्जिनिरिङले जिम्मा पाएको हो ।

प्रवर्द्धक कम्पनी भियुसिएलका अनुसार दैलेखको दुल्लु नगरपालिका–१३ मा अवस्थित आयोजनाका लागि प्रसारण लाइनका लागि बाहेक करिब ४५ बिगाहा जमिन आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । 

निर्माण–स्वामित्व ग्रहण–सञ्चालन–हस्तान्तरण (बुट) ढाँचामा निर्माण गरिने आयोजनामा करिब १ अर्ब ८० करोड (प्रतिमेगावाट ६ करोड) रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी रहने गरी वित्तीय लगानी व्यवस्थापन गर्ने योजना छ । करपछिको आन्तरिक प्रतिफल दर करिब ९ देखि १२ प्रतिशत रहने प्रारम्भिक आकलन गरिएको छ ।

आयोजनाबाट वार्षिक करिब ४७.५८ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । आयोजनाको सञ्चालन अवधि २५ वर्ष रहने छ । आयोजनाबाट उत्पादित विद्युत् करिब ५.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको चुप्रा सबस्टेसनमा जोड्ने योजना छ ।

सौर्य विद्युत् उत्पादनका लागि दैलेख उच्च सम्भावना भएको क्षेत्रको रूपमा पहिचान भएको छ । कर्णाली प्रदेशमा ऊर्जा पहुँच विस्तार गर्दै गुणस्तरीय विद्युत् आपूर्तिका लागि ग्रिड–जडित उक्त सौर्य विद्युत् आयोजनाले महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । डिपिआर र आइइई प्रतिवेदन तयार भएपछि आयोजना निर्माण तथा चरणमा प्रवेश गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३