विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ५३.५ मेगावाटको माथिल्लो म्याग्दी–१ जलविद्युत्‌ आयोजनाको मुख्य सुरुङमध्ये २,५०६.३९ मिटर 'ब्रेक थ्रु' (छिचोचिनु) भएको छ । अब करिब १३०० मिटर बाँकी रहेको छ ।

अबको एक वर्षभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको अहिलेसम्म करिब ५६ प्रतिशत काम सकिएको जनाइएको छ । ऊर्जा डेभलपर्सको सहायक कम्पनी अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको आयोजना म्याग्दी जिल्लाको धवलागिरि र मालिका गाउँपालिकामा निर्माण भइरहेको छ ।

वार्षिक ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने विद्युत् विद्युत्‌गृहबाट करिब १.५ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको डाँडाखेलत सबस्टेसनमा जाेडिने छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड अन्तर्गतको ग्लोबल इक्विटी फन्ड लिमिटेडले पनि लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३