काठमाडौं । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत् महसुल तिर्न अटेर गर्ने २२ ग्राहकको लाइन काटेको छ । केन्द्रले आज (सोमबार) मात्रै महसुल तिर्न अटेर गर्ने उक्त ग्राहकको लाइन काटेको हो ।
बारम्बार ताकेता गर्दा पनि महसुल नतिरेपछि यी ग्राहकको लाइन काटेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार लाइन काटिएका यी ग्राहकबाट ४ लाख ४२ हजार ४ सय रुपैयाँ महसुल उठाउन बाँकी थियो । समयमा महसुल नबुझाएपछि लाइन काटिएको पनि केन्द्रले जनाकारी दिएको छ ।
लाइन काटिएका ग्राहकमध्ये ८ ग्राहकले भने जरिवानासहित २ लाख ७९ हजार ६ सय रुपैयाँ महसुल बुझाएको छ । विद्युत महसुल बुझाएपछि उक्त ग्राहहको लाइन भने पुनः लाइन जोडिएको छ ।