विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाको पानी उपत्यकामा ल्याउन आगामी आर्थिक वर्षदेखि सुरुङ खन्न सुरु गरिने भएको छ । यी खोलाको थप ३४ करोड लिटर पानी ल्याउन सुरुङ तथा आवश्यक पूर्वाधार निर्माणको काम सुरु गर्न लागिएको हो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत याङग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाएर काठमाडौंमा ल्याउने योजना कार्यान्वयन गर्ने घोषणा गरेको हो । मेलम्ची खानेपानी आयोजना अन्तर्गत दोस्रो चरणमा याङग्री र लार्केको काम अघि बढाउने घोषणा भएको हो ।

पूर्वाधार निर्माण कार्य काम सुरु गरेको ३ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । सरकारले पूर्वाधार निर्माणका लागि ३ अर्ब ५१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

याङग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर पानी थप गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । याङग्री खोलासम्म ९ किलोमिटर र त्यसमाथि थप २ किलोमिटरको सुरुङ खनेर लार्केबाट पानी मेलम्ची खोलामा मिसाएर काठमाडौं ल्याउने योजना छ । पूर्वाधार निर्माण गर्न ‘टनेल बोरिङ मेसिन’ (टिबीएम) प्रविधिबाट काम गर्ने गरी तयारी छ । 

पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो । यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

यो सुरुङ खन्ने काम पूरा भएपछि याङग्री, लार्के र मेलम्चीको १७/१७ करोड लिटर सहित उपत्यकामा दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुनेछ । उपत्यकामा खानेपानी वितरण प्रणालीमा उल्लेख्य सुधार गर्ने व्यवस्था गरिएको छ । 

पहिलो चरणमा निर्माणाधीन चार थोक वितरण प्रणालीबाट १ सय १३ किलोमिटर नयाँ वितरण पाइप लाइन थप गरी १ लाख १० हजार घरधुरीमा मेलम्चिको पानी पुर्याइएको छ । दोस्रो चरणमा चक्रपथ बाहिरका किर्तीपूर, पेप्सीखोला, जोरपाटी, भक्तपुर लगायतका क्षेत्रमा पाइपलाइन विस्तार गर्ने योजना छ । खानेपानी वितरण प्रणाली सुधारका लागि ४ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit