विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नगर विकास कोषले खानेपानी तथा सरसफाई आयोजनामा करिब ४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । कोषले कुल लागतको २५ प्रतिशत ऋण लगानी गर्ने भएको हो । लगानीका लागि सोमबार (चैत १४ गते) तनहुँमा आयोजित एक कार्यक्रममा सम्झौता भएको हो । 

सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भादगाउँ करादी (खिरखाँदी) खानेपानी तथा सरसफाई उपभोक्ता समितिका तर्फबाट अध्यक्ष चिजबहादुर दरैले हस्ताक्षर गरे । सम्झौताअनुसार आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) को २५ प्रतिशतले हुने ३ करोड ८१ लाख रुपैयाँ कोषले ऋण लगानी गर्नेछ । 

आयोजना सम्पन्न गर्न १५ करोड २४ लाख ३६ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त आयोजनामा नेपाल सरकारले ७० प्रतिशत अनुदान रकम दिने भएको छ । कोषको २५ प्रतिशत ऋण लगानी र बाँकी ५ प्रतिशत उपभोक्ता संस्थाबाट लगानी हुनेछ ।

आयोजनाको काम सन २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भएलगतै ४२९२ घरधुरी लाभान्वित हुनेछन् । डिजाईन वर्ष सन् २०३३ मा ६३७८ घरधुरीलाई ग्रेभेरी प्लो पम्पिङ्ग सम्प प्रणलीमार्फत २४ सै घण्टा खानेपानी सेवा पुर्याउने लक्ष्य छ ।

जनताको आधारभूत आवश्यकतासँग जोडिने पक्षहरुको मूल्याङ्कन पश्चात् आयोजनालाई दिगो रुपमा आगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दरैले बताए । उनका अनुसार आयोजनालाई सार्थक बनाउन आगामी दिनमा कोषबाट निरन्तर व्यवस्थापकीय तथा प्राविधिक सहयोग प्राप्त गर्नेछन् ।  

व्यास नगरपालिकामा हरेक वर्ष ५०० हाराहारीको घर निर्माण भइरहेको हुँदा नगरपालिकका नगर प्रमुख बैकुण्ठ न्याउपानेले खानेपानी आयोजना अपरिहार्य रहेको बताए । भादगाउँ खानेपानी आयोजनालाई समयमा गुणस्तरीय रुपमा सम्पन्न गराउन पनि न्याउपानेले आग्रह गरे । क्षमता अभिवृद्धिमा सहयोग र व्यास नगरपालिकासँग पूर्वाधार क्षेत्रमा समेत सहकार्य गर्ने  निर्देशक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit