विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार १६, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कास्कीको मादी गाउँपालिका भएर बग्ने मादी नदीमा निर्माणको प्रस्ताव गरिएको २४.८ मेगावाटको बज्र मादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । कुल ५ अर्ब ३५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा कृषि विकास बैंकसमेतले सहवित्तीयकरणमा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । यस मध्ये एनएमबी बैंकले २ अर्ब ५० करोड र कृषि विकास बैंकले १ अर्ब २४ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हो । 

आयोजनामा संस्थापक लगानीकर्ताहरूको स्वपुँजी र प्राथमिक सेयर निष्काशन (आइपिओ) मार्फत बाँकी १ अर्ब ६० करोड ५० लाख रुपैयाँ उठाइने गरी वित्तीय व्यवस्थापन गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच आयोजना प्रवर्द्धक बज्र इनर्जी भेन्चर्स प्रालिका अध्यक्ष जगतबहादुर पोखरेल र एनएमबी बैंकका दिगो बैंकिङ दिनेश दुलाल र कृषि विकास बैंकका प्रमुख रिलेशन म्यानेजर किशाेर बजगाइँले सहवित्तीयकरण ऋण लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रको आदानप्रदान भने प्रवद्र्धक कम्पनीका अध्यक्ष पोखरेल र लगानीकर्ता बैंकहरूको तर्फबाट नेतृत्वकर्ता एमएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरेले गरेका थिए ।

आयोजनाको क्षमता वृद्धि गरी ३१ मेगावाट पुर्‍याउने प्रक्रियामा रहेको र क्षमता बढ्पछि यसको लागत ६ अर्ब ३५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

मादी गाउँपालिका–४ स्थित हरियोस्वारा नजिक मादी नदीमा ४३ मिटर लामो बाँध बनाएर ४ हजार ५९३ मिटर लामो सुरुङमार्फत विद्युत्गृहमा पानी लगिने छ । आयोजनाको विद्युत्‌गृहमा २ वटा फ्रान्सिस भर्टिकल टर्वाइनमार्फत विद्युत् उत्पादन गरिने छ । आयोजनाबाट वार्षिक १४७.१२३ गिगावाट घण्टा र ३१ मेगावाटको बनाएपछि वार्षिक १८३.११ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । आयोजनाको विद्युत् लेखनाथ सबस्टेशनसम्म १३२ केभि ७.२ किमी लामो सिंगल सर्किट प्रसारण लाइनबाट जोडिने छ ।  

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) २०८० साल माघ २८ गते भएको आयोजनाको व्यापारिक उत्पादन सुरु गर्ने मिति (आरसिओडी) २०८५ कात्तिक १० गते रहेको छ । ४२ महिना निर्माण अवधि निर्धारण गरिएको आयोजनाको प्राविधिक परामर्शका लागि क्लिन इनर्जी कन्सल्ट्यान्ट (सिइसी) लाई नियुक्त गरिएको छ । 

सेती नदीकाे उद्घाटन

यही समूहको लगानी रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरेको २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनाको पनि शुक्रबार सोही कार्यक्रममा उद्घाटन गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा नगरपालिका भई बहने सेती नदीमा निर्माण भएको उक्त आयोजनाले गत कात्तिक देखि विद्युत् उत्पादन गर्दै आएको छ ।

२०७७ सातमा निर्माण सुरु भएको आयोजनाको निर्माण २०८१ कात्तिक २७ गते पूरा भई विद्युत् उत्पादन सुरु गरेको हो । आयोजनाले हरेक महिना लक्ष्यभन्दा बढी ऊर्जा उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । 

हाइड्रो कन्सल्ट एन्ड बिडिए जेभीले आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्ट तयार गरी प्राविधिक सुपरीवेक्षण गरेको हो । आयोजनाबाट उत्पादित विद्युत् लाहाचोक सबस्टेसनसम्म १३२ केभिएको ४ किलोमिटर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनामा २ वटा युनिटमार्फत वार्षिक १४८.०९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ ।

करिब ६ अर्ब लगानी रहेको यस आयोजनामा एनएमबी बैंक, कर्मचारी सञ्चय कोष र कृषि विकास कैंकको लगानी रहेको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत संस्थापकहरूको स्वपुँजी तथा सर्वसाधारणको सेयर लगानी रहेको छ । यस आयोजनामा १ हजार ५ सयभन्दा बढी संस्थापक सेयर लगानीकर्ता रहेको रहेका छन् ।

कार्यक्रममा पूर्व अर्थ मन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्की आयोजना सम्बद्ध विभिन्न व्यक्ति तथा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३