काठमाडौं । सिन्धु ज्वाल हाइड्रो पावर लिमिटेडको साधरण सभा मंसिर १० गते हुने भएको छ । सञ्चालन समतिको कात्तिक २५ गते बसेको बैठकले कम्पनीको विशेष साधारण सभाको मिती तय गरेको हो ।
कम्पनीले कात्तिक २५ गतेका लागि साभा बोलाएको थियो । उक्त दिन साभामा गणपुरक संख्या नपुगेकाले फेरी मंसिर १० गतेको लागि सभा बोलाएको हो ।
कम्पनीका अनुसार उक्त सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा÷नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गरी परिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ ।
कम्पनीले आयोजना गरेको साधारण सभा मंसिर १० गते विहान साढे ११ बजे कुन्दालिनी दरबार व्याङ्क्वैट काठमाडौंमा हुनेछ ।
कम्पनीको सिन्धुपाल्चोकमा ४३ मेगावाटको माथिल्लो न्यासिम खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।