काठमाडौँ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीका अनुसार साधारणसभामा हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।
साधारणसभा वैशाख ३१ गते(सोमबार) नेवा ब्याम्बो कटेज, हरिसिद्धि ललितपुरमा बिहान ८ बजेबाट सुरू हुने कम्पनीले जानकारी दिइएको छ । साथै सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।