विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत उत्पादन कम्पनीको प्रबन्ध निर्देशकमा जलस्रोत तथा जलविद्युत क्षेत्रमा झण्डै ४ दशकको अनुभव संगालेका सूर्यप्रसाद रिजाललाई नियुक्ति गरेको छ । उनले चैत २३ गतेदेखि आफ्नो जिम्मेवारी संहालेका छन् ।

प्रबन्ध निर्देशकका लागि ८ जनाको आवेदन परेकोमा ६ जना छनोट सूचीमा परेका थिए । छनोट सूचीमा पर्नेहरूमा गोरखाका डिल्लीराम भट्ट, ललितपुरका नरेन्द्रसिंह भण्डारी, प्युठानका डा. रणबहादुर थापा, काठमाडौंका रामेश्वर लामिछाने, दैलेखका बखतबहादुर शाही र प्युठानका रिजाल थिए ।

सिफारिस समितिले छनोट सूचीमा परेका ६ जना मध्येबाट रिजालको नाम सिफारिस गरेको थियो । स्वर्गद्वारी नगरपालिका–७ स्थायी ठेगाना भएका उनले भारतको रुड्की विश्वविद्यालयबाट इन्जिनियरिङसम्मको अध्ययन पूरा गरेका थिए । यस्तै, त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानबाट स्नातकोत्तरको अध्ययन पूरा गरेका छन् ।

२०४५ सालमा इन्जिनियरिङबाट सरकारी सेवा सुरु गरेका रिजाल उपसचिव अर्थात् सिनियिर डिभिजनल इन्जिनियर (सिडिई) को तहमा पदाेन्नति भएपछि विद्युत विकास विभागमा आएका थिए ।

रिजाले करिब डेड वर्ष नलगाड जलविद्युत कम्पनीमा समेत जिम्मेवारी पूरा गरेका थिए । गत मंसिरमा मात्र अनिवार्य अवकास पाएका उनी अन्तिम समयमा विभागले अछाममा निर्माण गरिरहेको २० मेगावाटको बूढी गंगा जलविद्युत आयोजनाको आयोजना निर्देशक रहेका थिए ।

कम्पनी स्थापना कालमा विद्युत तथा जलस्रोत क्षेत्रमा पत्याइएका अनुभवी मोहनराज पन्तले जिम्मेवारी सम्हालेका थिए । उनको ४ वर्षे कार्यकाल पूरा भएपछि अनन्तराज घिमिरे उक्त पदमा पुगेका थिए । उनी विवादित भएर छानबिनमा परेपछि पद रिक्त थियो ।

अहिले कम्पनीले १०६ मेगावाटको जगदुल्ला, ४५० मेगावाटको किमाथांका अरुण, ४१० मेगावाटको नलसिंहगाड, ४८० मेगावाटको फुकोट कर्णाली र १९०२ मेगावाटको जलाशययुक्त मुगु कर्णालीको अध्ययन तथा निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ । नलसिंहगाड र जगदुल्लाको काम कम्पनी अन्तर्गत नै अलग अलग सहायक कम्पनी स्थापना गरेर अगाडि बढाइएको छ ।

अनुभव र स्वच्छ छवीका आधारमा जिम्मेवारी पाए पनि रिजालका लागि उल्लेखित आयोजनाको अध्ययन पूरा गरेर निर्माणको चरणसम्म पुर्याउनु ठूलो चुनौती देखिन्छ । स्थापनाको करिब एक दशक नजिक पुग्न लाग्दासम्म विद्युत उत्पादन कम्पनीबाट खासै देखिने गरी परिणाम आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit