विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण १०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ  । अर्बिट इनर्जी लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ । यस सम्बन्धि सम्झौता पत्रमा अर्बिट इनर्जीका महाप्रबन्धक सुदीप खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हसताक्षर गरेका छन् । 

कम्पनीले १०० रूपैयाँ अंकित दरका  ५० लाख कित्ता साधारण शेयर आयोजनाप्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गर्न लागेका हो । 

कम्पनीले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा सभा खोला ‘बी’ २१.५ मेगावाट र सभा खोला ‘सी’ ६.३ मेगावाटका जलविद्युत् आयोजनानिर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सकिएको कम्पनीले जनाएको छ । 

भारतको फ्लोवेल इनर्जी प्रालि इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक उपकरण जडान गरी अबको १ वर्षभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३