विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निषेधाज्ञाका कारण स्थगित भएको सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयर आवेदन भोली (शुक्रबार) देखि खुल्ने भएको छ । इलाममा कोरोना संक्रमण रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका कारण स्थगित भएको सेयर आवेदन खुल्ला हुने भएको हो ।

गत साउन २२ गतेदेखि निर्माणाधीन ९.५१ मेगावाटको माइबेनी खोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्कासन गरेको सेयर भदौ ९ गते बन्द गरिएको थियो ।

कम्पनीले स्थानीयका लागि सय रुपैयाँमा अंकित ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर पुन निष्कासन गर्ने भएको छ । निष्कासन हुने सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नम्बर ४ र ५ का बासिन्दाहरुका लागि छुट्याइएको छ ।

स्थानीयले छिटोमा असोज १ गतेसम्म र ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले नेपाल एसबिआई, एनएमबि, सिद्धार्थ, सिभिल र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit