विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा खपत हुन नसकेको विद्युत अन्तरदेशीय बजारमा बिक्री गर्न भारतीय कम्पनीसँग सम्झौता भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले राजधानीमा सोमबार आयोजना गरेको ‘विद्युत बजार सम्मेलन’ मा नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतको मनिकरण पावर लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा पावर एक्सचेन्ज लिमिटेडका कार्यकारी निर्देशक आशिष गर्ग र मनिकरणका कार्यकारी निर्देशक नवजित सिंह कल्सीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मनिकरणले बर्खामा खेर जाने नेपालको ५ सय मेगावाट विद्युत पावर एक्सचेन्ज लिमिटेडमार्फत खरिद गरेर भारतीय बजारमा बिक्री गर्नेछ 

नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा पावर एक्सचेन्जले तत्कालका लागि बर्खामा खेर जाने विद्युत मनिकरणमार्फत भारतीय बजारमा बिक्री गर्ने गरी समझौता गरिएको गर्गले बताए । ‘बर्खामा खेर जाने विद्युतको विद्युत खरिद सम्झौता (पिपिए) प्राधिकरणसँग भइसकेकाले पावर एक्सचेन्जले सोझै मनिकरणलाई बिक्री गर्न सक्दैन,’ उनले भने, ‘पहिला पावर एक्सचेन्जले प्राधिकरणसँग त्यो विद्युत खरिद गर्छ र त्यसपछि फेरि मनिकरणमार्फत भारतीय बजारसम्म पुर्याइनेछ ।’

नेपालमा लामो समयदेखि पिपिए रोकिएकाले अब १० देखि २५ वर्षसम्मका लागि निजी क्षेत्रको विद्युत सोझै भारतको बजारसम्म पुर्याउन यो वर्षभित्र ५ सय मेगावाटका आयोजनाको पिपिए मनिकरणमार्फत भारतीय खरिदकर्तासँग गर्ने विषय पनि सम्झौतामा उल्लेख भएको उनले बताए ।

पावर एक्सचेन्ज लिमिटेडमा मनिकरणको पनि १५ प्रतिशत सेयर स्वामित्व रहने गर्गले जानकारी दिए । उनका अनुसार मनिकरणले पावर एक्सचेन्जको क्षमता अभिवृद्धि गर्ने, क्षेत्रीय विद्युत व्यापारका सम्बन्धमा प्रशिक्षण दिने, विद्युतीय संरचनाको व्यवस्थापन गर्ने तथा नेपालको आन्तरिक बजारमा समेत विद्युत व्यापार गर्ने गरी काम गर्ने उनले बताए ।

खुल्ला बजारमा शुल्क तिरेपछि प्रसारण लाइनको उपयोग गर्न पाइने हुँदा भविश्यमा मनिकरणले नेपालमा उद्योगलाई समेत सस्तो दरमा गुणस्तरीय विद्युत उपलब्ध गराउने गरी पावर एक्सचेन्जसँग मिलेर काम गर्ने गर्गले बताए ।

निजी क्षेत्रले खेर जाने विद्युतको बजार व्यवस्थापनका लागि गृहकार्य सुरु गरिसके पनि सरकारले अहिलेसम्म नीति बनाएको छैन । निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने कार्यविधि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बनाइरहेकाले अनुमति पाउनसाथ काम सुरु गर्न अहिलेबाटै तयारी गरिरहेको गर्गको भनाइ छ ।

नेपालमा खपत हुन नसकेर बढी भएको विद्युत मनिकरणले खरिद गर्न पावर एक्सचेन्जसँग सम्झौता गरेको कल्सीले बताए । ‘हाम्रो कम्पनीले भारतमा विद्युत व्यापार, प्राकृतिक ग्यास, कोइला व्यापार लगाएतको काम गर्दै आइरहेको छ,’ उनले भने, ‘नेपालमा नवीकरणीय ऊर्जा उत्पादन बढ्दै गएकाले हाम्रो ध्यान यहाँको विद्युत भारतको बजारमा लगेर बिक्री गर्न केन्द्रित भएको छ ।’ 

मनिकरण विद्युत व्यापार गर्ने भारतको निजी कम्पनी हो । यो कम्पनीसँग ४० हजार मेगावाट विद्युत खरिद गर्ने ग्राहक छन् । २५ सय मेगावाट विद्युत खरिद गर्ने औद्योगिक ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३