काठमाडौं । नेपालमा खपत हुन नसकेको विद्युत अन्तरदेशीय बजारमा बिक्री गर्न भारतीय कम्पनीसँग सम्झौता भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले राजधानीमा सोमबार आयोजना गरेको ‘विद्युत बजार सम्मेलन’ मा नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतको मनिकरण पावर लिमिटेडबीच सम्झौता भएको...}