विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गुँरास हाइड्रोपावर लिमिटेडले संखुवासभा र भोजपुर जिल्लामा निर्माण गर्ने ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न वित्तीय संस्थाहरूले ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्ने भएका छन् ।

उक्त आयोजनामा हुने लगानीका विषयमा आज (सोमबार) कम्पनी र बैंकहरूबीच सम्झौता हुँदैछ । आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंकहरूले ६ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने टुंगो लागेको कम्पनीले जानकारी दिएको छ ।

कूल ८ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनमा कम्पनीका संस्थापकहरूले २ अर्ब ५ करोड रुपैयाँ लगानी गर्नेछन् । नदी प्रवाहमा आधारित यो आयोजनाको निर्माण २०८५ सम्म  पूरा गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाका सबै पूर्वाधार संखुवा नदीको दाहिने किनार सिलिचोङ गाउँपालिका-१ मा रहने छन् । आयोजनाद्वारा उत्पादित बिजुली खरिदका लागि नेपाल विद्युत प्राधिकरणसँग २०८० फागुनमा विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको जनाइएको छ । आयोजनाबाट वार्षिक २४ करोड ९ लाख २९ हजार ४ सय ८६ युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ भने उत्पादित विद्युत् प्राधिकरणको संखुवासभास्थित २२० केभी शीतलपाटी सबस्टेसनमा लगेर जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३