विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १०, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । राम–जानकी हाइड्रोपावर प्रालिले संखुवासभा जिल्लामा ५७ मेगावाटभन्दा बढी क्षमताका दुई जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाएको छ । दुई आयोजनामा ३५.१५ मेगावाटको माथिल्लो अप्सुवा खोला र २२.२४८ मेगावाटको अप्सुवा खोला–१ रहेका छन् ।

दुवै आयोजनाको गत असोज २१ गते विद्युत् खरिद सम्झौता (पीपीए) समेत सम्पन्न भइसकेको छ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष होमकान्त चौलागाईंले हस्ताक्षर गरेका छन् । सम्भाव्यता अध्ययन पूरा भइसकेको आयोजना अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृतिको चरणमा रहेको अध्यक्ष चौलागाईंले बताए ।

‘अहिले उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिइएको छ, अबको ६ महिनाभित्र ईआईए प्रतिवेदन स्वीकृत गरी वित्तीय व्यवस्थापनसमेत सकेर निर्माण चरणमा प्रवेश गर्ने योजना छ,’ उनले ऊर्जा खबरसँग भने, ‘स्वपुँजी लगानी संस्थापक शेयरधनीबाटै टुङ्गो लागिसकेको छ, बैंक ऋणका लागि प्रक्रियामा छौँ ।’

आयोजनामा ७० प्रतिशत बैंक र ३० प्रतिशत स्वपुँजीको लगानी संरचना तय गरिएको छ । प्रतिमेगावाट २० करोड रुपैयाँमा निर्माण हुने आयोजनाको कूल लागत करिब १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । दुवै आयोजनाबाट उत्पादित विद्युत् विद्युत्‌गृहदेखि करिब २४ किलोमिटर १३२ केभी प्रसारण लाइन निर्माण प्राधिकरणको २२० केभी शीतलपाटी सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । प्रवर्द्धक आफैँले निर्माण गर्ने उक्त प्रसारण लाइनको अनुमतिपत्र लिन विभागमा आवेदन दिइएको कम्पनीले जानकारी दिएको छ ।

माथिल्लो अप्सुवा खोलाबाट वार्षिकरूपमा २०२.१६७ गिगावाट घन्टा र अप्सुवा खोला–१ बाट ११९.९६ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । यी दुवै नदीको प्रवाहमा आधारित (आरओआर) आयोजनाको निर्माण निर्माण शुरू भएको ५ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । दुवै आयोजना संखुवासभाको सिलिचोङ्ग र मकालु गाउँपालिकाभित्र निर्माण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३