विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको लक–इन अवधि एक महिनापछि समाप्त हुने भएको छ । कम्पनीका अनुसार २०७८ साल कात्तिक ५ गते सर्वसाधारण शेयरको अन्तिम बाँडफाँट गरिएको थियो । उक्त मितिले शेयरको ३ वर्षको लक–इन अवधि समाप्त हुन लागेको हो । 

यस्तो शेयर मध्ये संस्थापक शेयरधनीको नाममा रहेको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीहरूको नाममा रहेको ३ लाख कित्ता, कम्पनीका कर्मचारीहरूका नाममा रहेको ४५ हजार कित्ता रहेको छ । त्यस्तै, अति प्रभावित स्थानीयवासीको नाममा ५ लाख कित्ता र प्रभावित स्थानीयको नाममा १० लाख कित्ता रहेको छ । लक–इन अवधि सकिएपछि यस्तो शेयरको खरिद तथा बिक्री गर्न पाइने छ । 

कम्पनीले लम्जुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित न्यादी खोलाको पानीबाट सञ्चालन हुने गरी ३० मेगावाटको नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ । यो जलविद्युत् केन्द्र २०७९ साल वैशाख २७ गतेदेखि सञ्चालमा आएको हो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३