विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँ–गाउँमा विद्युतीकरणको काम भइरहेकोले अबको दिनमा गुणस्तर विद्युत आपूर्ति गर्ने बताएका छन् । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गदैं उनले यस्ताे बताएका हुन् ।

प्राधिकरण र सरकार मिलेर विद्युतीय संरचना पूर्वाधार विकासका लागि धमाधम काम गरिरहेकोले गुणस्तर विद्युत दिन सकिने क्षमता बनिरहेको घिसिङले बताए । ‘पूर्वाधार निर्माणमा ठूलो लगानी भइरहको छ, आगामी दिनमा निरन्तर, गुणस्तरीय, चाहिएको जति सप्लाइ गर्ने गरि पूर्वाधार निर्माणको चरणमा छौं’, उनले भने, ‘विद्युतीय संरचना, प्रसारण, वितरण, सबस्टेसन निर्माण नगरी धेरै खपतको कुरा गर्न सक्दैनौं ।’

खपत बढाउन सरकार निजीलगायत सबै क्षेत्रबाट काम भइरहेको उनले बताए । विद्युतीय सवारीसाधनको प्रवद्र्धन भइरहेको छ । खपत बढाउन भान्छामा विद्युतीय, यातायातमा विद्युतको प्रयोग बढाउन विभिन्न योजना अघि बढाइरहेको पनि उनले बताए ।

‘बर्खायाममा नेपालले भारतमा विद्युत निर्यात गरिरहेको छ, जतिसक्दो नेपालमै खपत गर्ने वातावरण सिर्जन गर्ने योजना गरिरहेका छौं’ उनले भने । घिसिङले​ अबको २ वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था नआउने दाबी गरे । उनले वर्षाको समयमा विद्युत् निर्यात गरिरहेको भन्दै विद्युत् निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको उल्लेख गरे । उनले  विद्युत् खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिट विद्युत् पनि खेर फाल्नु नहुने बताए ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पनि विद्युत निर्यात गर्नु सफलता नरहेको बताए । नेपालमै खपत बढाउन विद्युतीय सवारी, चुलो र हाइड्रोजन उत्पादनमा द्रुत गतिमा जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३