विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुन्दर यातायात प्रालिले  अबकाे डेढ महिनाभित्र  थप ९ वटा विद्युतीय बस ल्याउने भएको छ । कम्पनीले देशकाे विद्युत खपत बढाइ बढ्दाे वातावरण प्रदुषण नियन्त्रणमा सहयाेग पुर्याउने गरी नयाँ विद्युतीय बस आयात गर्न लागेको हाे ।

नेपाल विद्युत प्राधिकरणले ठाउँ-ठाउँमा चार्जिङ स्टेसनकाे निर्माण सुरु गर्न लागेकाले पनि विद्युतीय बस ल्याउन लागेकाे सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार चीनकाे बिएके कम्पनीले साेमबार (हिजाे) नै विद्युतीय बस नेपाल पठाउन सिपिङ कम्पनीलाई जिम्मा दिइसकेकाे छ । 

‘हामीले ल्याउने बस चीनियाँ कम्पनीले सिपिङ गर्ने प्रक्रिया सुरु गरिसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘उताबाट पठाएका बस बैशाखभित्र काठमाडौं आइपुग्ने अनुमान छ ।’

सरकारले विद्युुतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले २५ वटा विद्युतीय बस खरिद गर्न चीनको बिएके कम्पनीसँग सम्झौता गरेको थियो । जसमध्ये पहिलाे चरणमा ९ वटा बस ल्याउन लागिएकाे हाे ।

साढे ९ मिटर लामाे विद्युत बस खरिद गर्दा प्रतिबस १ कराेड ७२ लाख रुपैयाँ तिर्नु परेकाे पनि थापाले बताए । यी बस ४० सिट क्षमताका हुनेछन् । पहिलाे चरणमा ल्याउन लागिएका बस लामाे दुरीमा सञ्चालन गर्ने कम्पनीकाे याेजना छ ।

गत आर्थिक वर्षभित्रै बस ल्याउने गरी चिनियाँ कम्पनीसँग सम्झौता भए पनि कोरोना (कोभिड–१९) महामारीको असरका कारण ढिलो हुन पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि ७ वटा विद्युतीय बस ल्याएर सञ्चालन गरिरहेको छ । ४ वटा बस चक्रपथ र एउटा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालन गरिरहेको छ ।

यस्तै, कम्पनीले २ महिना अघि चार वटा ४ पाङग्रे सानो सवारी (हाइस) ल्याएको थियो । हाइस २ वटा बौद्धदेखि रत्नपार्क रुटमा र २ वटा चक्रपथमा सञ्चालन गर्न परीक्षण भइरहेको छ ।

सुन्दर यातायातले विद्युतीय सवारी चार्ज गर्न विभिन्न स्थानमा आफै चार्जिङ स्टेसन राखेको छ । सरकारले विद्युतीय सवारीमा चालू आर्थिक वर्षबाट लगाउँदै आएको अन्तशुल्क घटाएपछि यातायात व्यावसायीले राहत महसुस गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit