विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले नयाँबानेश्वरमा आफ्नै कर्पोरेट कार्यालय निर्माण गर्ने भएको छ । जलविद्युत्सहितका नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा विगत २२ वर्षदेखि अग्रणी भूमिका निर्वाह गरिरहेको कम्पनीले अब आफ्नै कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको हो । 

कम्पनीको २१ औं वार्षिक साधारण सभाको निर्णय अनुसार नयाँ बानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माण गर्न लागेको कम्पनीले जनाएाके छ । कम्पनीले उक्त भवन ‘अपि टावर’ नामाकरण गरी आफ्नै लगानीमा बनाउने भएको हो ।

कम्पनीका अनुसार कम्पनीका अध्यक्ष सिर्जना खड्काले कम्पनीका सम्पूर्ण सञ्चालकहरूको उपस्थितिमा केन्द्रीय कार्यालय भवनको सिलान्यास गरेकी छन् । उक्त कार्यालय भवनको निर्माण २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । नेपालमा निजि उर्जा उत्पादक कम्पनीहरू मध्य थोरै मात्र कम्पनीहरूले आफ्नो लगानीमा केन्द्रीय कार्यालय निर्माण गरेका छन् । 

‘यस भवनमा अपि पावर कम्पनी लिमिटेड तथा यसका सहायक कम्पनीहरू रहने छन्,’ अपि पावर कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले भने, ‘यो भवन अपि पावर कम्पनी र यसका सहायक कम्पनीका शेयरधनीहरूको साझा सम्पती हो र भविष्यमा यस्ता लगानीले शेयरधनीहरूको कम्पनी माथिको विश्वास अझै बलियो हुनेमा दुईमत छैन ।’

कम्पनीले सुदूरपश्चिम प्रदेशको दार्चुलामा जम्मा १७ महिनाभित्रै ८.५ मेगावाटको नौगड गाढ जलविद्युत् आयोजना निर्माण गरी २०७२ भदौबाट व्यावसायिक सञ्चालनमा ल्याएको थियो । यस क्षेत्रमा दक्षताको लागि एक मापदण्ड स्थापित गरी र तत्कालीन विद्युतीय सेवाको अधिकतम उपभोगबाट बन्चित जिल्लाहरूमा बिजुली पुर्‍याएको थियो । कम्पनीले दार्चुलामै ८ मेगावाटको अप्पर नौगड गाढ, ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरी विद्युत् उत्पादन गरिरहेको छ ।

त्यस्तै, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत् आयोजना, १ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र १ मेगावाटको सिमरा सौर्य विद्युत् आयोजना गरी जम्मा ६ मेगावाट सौर्य विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले बाराको जितपुरसिमरा उप–महानगरपालिकामा ८ मेगावाट क्षमताको परवानीपूर सौर्य विद्युत् आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै, अन्य थुप्रै आयोजनामा कम्पनीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३