विद्युत अपडेट

  • प्राधिकरण : ९६७० मे.वा.घन्टा
  • सहायक कम्पनी : १८१९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२३९ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २४००६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४१०४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०८ मे.वा.
२०८३ साउन २१, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विकास अर्थशास्त्री याङ्‌की उक्याबलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले उक्याबलाई बोर्डको सिइओ नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

बोर्डले गठन गरेको नियुक्ति सिफारिस समितिले सिइओ पदका लागि उक्याबसहित मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो । ती मध्येबाट मन्त्रिपरिषद्ले उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।

विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ उक्याबसँग लगानी तथा नीतिगत क्षेत्रमा लामो अनुभव रहेको छ । उम्मेदवारका रूपमा उनले यसअघि नै लगानी बोर्डमा वित्त तथा लगानीसम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी छन् । यसका साथै संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार र युएनडिपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा समेत उनले काम गरिसकेकी छन् ।

बेलायतस्थित प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट जननीति शास्त्रमा स्नातकोत्तर गरेकी उक्याब नेपाल इकोनोमिक फोरमसँग आबद्ध भई आर्थिक नीति तथा विकाससम्बन्धी अध्ययन र विश्लेषणात्मक लेखनमा सक्रिय रहँदै आएकी छन् । लगानी बोर्डमा उनको आगमनले वैदेशिक लगानी भित्र्याउन र पूर्वाधार विकासका परियोजनाहरूलाई तीव्रता दिन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३