विद्युत अपडेट

  • प्राधिकरण : ९४५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४०१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१७३ मे.वा.घन्टा
  • आयात : ४३१ मे.वा.घन्टा
  • निर्यात : २०८४९ मे.वा.घन्टा
  • ट्रिपिङ : २८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६९३५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३२१५ मे.वा.
२०८३ असोज १९, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
प्रलयकारी भोटेकोसी बाढीको १४औँ दिन

काठमाडौँ । भोटेकोसी र त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रका जलविद्युत्‌ आयोजनाबाट हराइरहेका ९ सयभन्दा बढी इन्जिनियर, कर्मचारी तथा कामदारहरूको अवस्था अझै अज्ञात रहेको छ । हिजो अर्थात् भदौ २३ गतेसम्म निरन्तर खोजी तथा उद्धारको प्रयास हुँदासम्म बेपत्ता व्यक्तिहरू फेला पर्न सकेका छैनन् ।

नेपाल विद्युत् प्राधिकरण, नेपाली सेना, निजी क्षेत्र लगायतको निरन्तरको खोजीपछि पनि १३ जलविद्युत् तथा विद्युत् सबस्टेसनमा क्षति पुगेको र ९३० जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन रहेका छन् ।

बाढीका कारण रसुवामा बाढीबाट पूर्णतः क्षतिग्रस्त आयोजनाहरूमा रसुवागढी, रसुवा-भोटेकोसी, लाङटाङ खोला, चिलिमे, माथिल्लो त्रिशूली-१ र मैलुङ खोला छन् । यस्तै, नुवाकोटका जलविद्युत् केन्द्र तथा आयोजनाहरूमा माथिल्लो त्रिशूली-३ए, माथिल्लो त्रिशूली-३बी, त्रिशूली, देवीघाट, मध्य-त्रिशूली गंगा र एउटा सौर्य आयोजना रहेका छन् ।

बाढीका कारण रसुवा र नुवाकोटमा सञ्चालनरत २५६.१ मेगावाटका ७ आयोजनाबाट १८९ जना अझै बेपत्ता छन्  । यस्तै, निर्माणाधीन ३८८.६० मेगावाटका ४ आयोजनाबाट ७२३ जना र माथिल्लो त्रिशूली-३बी हब सबस्टेसनबाट १८ जना हराइरहेका छन् । प्राधिकरणद्वरा निर्मित २५ मेगावाटको नुवाकोट सौर्य विद्युत्‌ पनि बाढीले क्षति पुर्‍याएको तर अहिलेसम्म कोही व्यक्ति हराएको सूचीमा नरहेको उल्लेख छ ।

•    माथिल्लो त्रिशूली-१ : नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीद्वारा प्रवर्द्धित यस आयोजनामा बाढी आउनुअघि १,४३३ जना कार्यरत रहेकोमा हालसम्म ८७८ जनाको सकुशल उद्धार गरिएको छ । आयोजनाका ५४६ जना अझै हराइरहेका छन्, जसमा ९ जना कोरियन, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिकसमेत रहेका छन् । मङ्गलबार अडिट ३ को माथिल्लो भागमा खोजी गर्ने क्रममा १ शव निकालिएको र तालिमप्राप्त कुकुर (सर्च डग) को टोलीले सल्लेटार र भागे झरनाको बीचबाट थप १ शव फेला पारेको छ । नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली तथा शेर्पासहितको टोली उद्धारमा खटिएको छ ।

•    चिलिमे : विद्युत्‌गृहमा फसेका सम्भावित ६ जनाको उद्धारका लागि खटिएको नेपाली र भारतीय सेनाको संयुक्त टोली १३औँ दिनसम्म पनि विद्युत्‌गृहभित्र पुग्न सकेको छैन । पहुँच सडक नहुँदा हिलो र लेदो पन्छाउने काम सुस्त गतिमा भइरहेको छ । चिलिमे जलविद्युत्‌ कम्पनीका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार बुधबार साँझसम्ममा स्याफ्रुबेंसीदेखि विद्युत्‌गृहसम्मको पहुँच सडक पुग्ने र त्यसपछि मेसिन प्रयोग गरी उद्धार कार्यले गति लिने अपेक्षा गरिएको छ । 

•    माथिल्लो त्रिशूली ३'बी' : आयोजनाको आवास तथा कार्यालय क्षेत्रमा सोमबारदेखि ठूला मेसिनरी उपकरण लगेर उत्खनन कार्य जारी राखिए पनि मङ्गलवार साँझसम्म १७२ जना अझै हराइरहेका छन् ।

•    लाङटाङ खोला : मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्मित यस आयोजनाको सुरुङबाट २ जनाको शव निकालिएको छ भने ३९ जना अझै सम्पर्कविहीन छन् । १९ जनाको भने पहिले नै उद्धार भइसकेको छ ।

बाढीबाट पूर्णतः प्रभावित जलविद्युत् केन्द्र तथा आयोजनाको विवरण

क्र.सं. आयोजना  (मेगावाट) अवस्था प्रवर्द्धक हराइरहेका हालको अवस्था
१ रसुवागढी    १११ सञ्चालन रसुवागढी हाइड्रोपावर कम्पनी ९३ ७ जना सकुसल, खोजी जारी
२ रसुवा-भोटेकोसी    १२० निर्माणाधीन लाङटाङ भोटेकोसी हाइड्रोपावर ३ ५ जना सकुशल (चालकको शव प्राप्त)
३ लाङटाङ खोला    २० परीक्षण सञ्चालन मल्टी इनर्जी डेभलपमेन्ट ३९ १९ जना सकुशल (२ शव निकालिएको)
४ चिलिमे    २२ सञ्चालन चिलिमे जलविद्युत्‌ कम्पनी ६ ७१ मध्ये ६५ सुरक्षित
५ माथिल्लो त्रिशूली-१    २१६ निर्माणाधीन नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट ५४६ ८७८ सकुशल उद्धार (२ शव प्राप्त, खोजी जारी)
६ मैलुङ खोला    ५  सञ्चालन मैलुङ खोला जलविद्युत्‌ ७ अवस्था अज्ञात
७ त्रिशूली    २४ सञ्चालन ने.वि.प्रा. ३ ७० जना सकुसल
८ देवीघाट    १४.१ सञ्चालन ने.वि.प्रा. १ सुरक्षागार्ड
९ माथिल्लो त्रिशूली-३ए    ६० सञ्चालन ने.वि.प्रा. ४० खोजी जारी
१० माथिल्लो त्रिशूली-३बी    ३७ निर्माणाधीन त्रिशूली जलविद्युत्‌ कम्पनी १७२ १९१ बाट घटेर १७८, यसमध्ये ६ जनाको शव फेला, अन्यको खोजी जारी
११ मध्ये-त्रिशूली गंगा    १५.६ निर्माणाधीन पर्फेक्ट इनर्जी डेभलपमेन्ट २ खोजी जारी
१२ माथिल्लो त्रिशूली-३बी सबस्टेसन हब सञ्चालन ने.वि.प्रा. १८ खोजी जारी
कूल १२ आयोजना (६६९.७०)     ९३०  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३