विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३८.२६७ किलोमिटर लामो लामोसाँघु–काभ्रे/रामेछाप १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको सुनकोसी गाँउपालिका वडा–७ मा प्रस्तावित लामोसाँघु सबस्टेसनदेखि रामेछाप जिल्लाको खाँडादेवी गाँउपालिका वडा–१ मा प्रस्तावित राकाथुम सबस्टेसनसम्म डबल सर्किटकाे साे प्रसारण लाइन निर्माण हुने भएको हो । 

आयोजनाबाट २३८ मेगावाटसम्म विद्युत् प्रसारण हुनेछ । आयोजना अन्तर्गत प्रस्तावित लामोसाँघु सबस्टेसनमा २ वटा लाइन बे एक्सटेन्सन र प्रस्तावित राकाथुम १३२/३३ केभी, ३०–३० क्षमताको ६० एमभिए ३३/११ केभी, ८–८ क्षमताको १६ एमभिएको सबस्टेसन निर्माण गरिने छ । 

उक्त प्रसारण लाइनमा १२९ वटा टावर निर्माण हुने तथा एसिआर ‘वियर कन्डक्टर’ जडान गरिने छ । टावरको अधिकतम उचाइ ४० मिटरसम्म रहने छ र टावरहरको औषत दूरी २९८.९७ मिटर रहने छ । आयोजना निर्माणका लागि कुल ४०.०८ हेक्टर जमिन आवश्यक पर्ने छ ।

जसमध्ये १२९ वटा टावरहरुका लागि स्थायी रूपमा ४.५८५ हेक्टर जग्गा आवश्यक पर्ने छ । यसबाहेक विद्युत् मार्गको अधिकार क्षेत्रभित्र (राइट अफ वे) अन्तर्गत २७.८७ हेक्टर जग्गा आयोजना निर्माणका लागि चाहिने छ । कम्पनीले उक्त आयोजनाको निर्माण कार्य करिब २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३