विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निार्मण भएको ढल्बेबर–लोहारपट्टी १३२ केभी डलब सर्किट प्रसारण लाइन आइतबारदेखि परीक्षण सञ्चालमा आउने भएको छ । धनुषाको ढल्केबर सबस्टेशनदेखि महोत्तरीको लोहारपट्टी सबस्टेनको उक्त लाइनलाई विद्युत्को राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न लागिएको हो । लाइनको परीक्षणपछि लाइन सञ्चालनमै रहने प्राधिकरणले जनाएको छ । 

साउन २७ गतेदेखि लाइनमा बिजुली प्रवाह हुने भएकोले प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा नछुन, तथा खतराको सङ्केत जनाइएका वस्तुहरुलाई नछुन तथा बालवालिकालाई समेत यसबारे सचेत गराउन प्राधिकरणले स्थानीय सर्वसाधारणलाई आग्रह गरेको छ । 

प्रसारण लाइनले धनुषाको मिथिला नगरपालिका तथा वटेश्वर गाउँपालिका र महोत्तरीको भंगाहा नगरपालिका र लोहारपट्टी नगरपालिकामा निर्माण गरिएको छ । 

करिब २३ किलोमिटर लामो उक्त लाइनबाट २३० मेगावाट विद्युत् प्रसारण हुनसक्ने क्षमता छ । लाइनअन्तर्गत २६ वटा एंगल र ६५ वटा सस्पेन्सन गरी जममा ९१ वटा टावर रहेका छन् । एक टावरदेखि अर्को टावरसम्मको दूरी न्यूनतम १६५ मिटर र अधिकतम ३५० मिटर छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३