विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशका ग्रामीण क्षेत्रहरूमा विद्युतीकरणसँगै गुणस्तरीय, भरपर्दो र दिगो सेवा दिने उद्देश्यले स्थापित एवम् कार्यरत सामुदायिक विद्युत उपभोक्ता समितिहरूको बेथिति बढ्दै गएपछि सेवाग्राहीहरू आन्दोलित हुन थालेका छन् । यस्तै, एउटा गतिविधि बाहिर आएको छ; स्याङ्जा जिल्लाको ओकोबरा कोल्मा बराहचौर सामुदायिक विद्युत उपभोक्ता समितिका विषयमा ।

समितिले प्रभावकारी काम नगरेको, सेवा प्रवाहमा लापरबाही गरेको, विद्युतीकरणमा न्यून गणस्तरका उपकरण खरिद तथा उपयोग गरेको लगायत कारणले उपभोक्ता ठूलो मारमा परेको भन्दै साउन २३ गते स्थानीयको एक समूहले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उजुरी दिएको छ । विद्युत प्रवाहमा बेवास्ता गर्ने, मर्मत संभारमा लापरबाही गर्ने, पटक–पटक ट्रान्सफर्मर पड्किने लगायत समस्याले उपभोक्ताहरूले सास्ती भोग्नु परेको हुँदा यसमा छानबिन गरी कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

उक्त उपभोक्ता समितिको कार्यक्षेत्र पुतलीबजार नगरपालिका, विरुवा र हरिनास गाउँपालिकाको ग्रामीण क्षेत्रमा रहे पनि आवास भवन जिल्ला सदरमुकाममा राखेको र तत्तत्का क्षेत्रमा उचित सेवा प्रवाह नभएको स्थानीयको गुनासो छ । साथै, समितिले १२ वर्षदेखि कुनै खालको अधिवेशन नगरेको, संस्थामा आर्थिक अपारदर्शिता बढ्दै गएको तथा पदवाधि सकिए पनि लाभको लोभमा एकै व्यक्ति वर्षौंदेखि पदमा रहिरेको पनि उजुरीमा उल्लेख छ ।

यसैगरी, स्थानीयको समूहले समितिको कार्यालयले पायक पर्ने ग्रामीण क्षेत्रमा तत्काल सार्न, १२ वर्र्षदेखि नगरिएको अधिवेशन गर्न, समयमै सेवा प्रवाहको सुनिश्चित गर्न पनि माग गरेका छन् । साथै, सरकार तथा नेपाल विद्युत प्राधिकरणका ग्राहकहरूले २०७८ सालदेखि नै लागू हुने गरी न्यूनतम २० युनिटसम्मको महसुल ३० रुपैयाँ र इनर्जी शुल्क निशुल्क गरेकोले समिति अन्तर्गतको ग्राहकहरूले पनि त्यो सुविधा पाउनुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३