विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकालाई काठेपोलरहित पालिका बनाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना र घिसिङको भेटवार्तामा उनले यस्तो बताएका हुन् । 

घिसिङले यस अगावै देशभरका काठका पोलहरु विस्थापित गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार घिसिङले बेथानचोकको काठका पोलहरु विस्थापन गर्न काभ्रे वितरण केन्द्रलाई निर्देशन दिएका छन् । 

पालिकाको विभिन्न वडामा सर्वेक्षण गर्दा ५ वटा वडाका लागि ५८२ वटा एल टि पोल र  ५० केभीएको २१ वटा, २५ केभीएको ९ वटा, १०० केभीएको ५ वटा र २०० केभीएको १ वटा गरी ३६ वटा ट्रान्सफर्मर आवश्यक रहेको उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिएकी छिन् । ‘पालिकाभित्र प्रसारण लाइनको तार जताततै लत्रिएर तार रूखमा अडाएर लानु पर्ने बाध्यता छ उनले भनिन्, तार अडाउन पोल नभएको देखिएपछि हामीले सर्वेक्षण गरेका थियौं, सोही सर्वेक्षण अनुसार हामीले प्राधिकरणसँग काठे पोल हटाई एल टी पोल विस्तापन गर्न आग्रह गरेका छौं ।’ कार्यकारी निर्देशकले पनि पालिकालाई छिटै काठे पोलमुक्त गराउने प्रतिबद्धता जनाएको उपाध्यक्ष तिमल्सिनाले बताइन् । 

घिसिङले पालिकाको लागि हालसालै आवश्यक रहेको ५५ वटा पोल तुरुन्तै उपलब्ध गराउन काभ्रे वितरण केन्द्रलाई निर्देशन दिएका छन्  । ‘पालिकाको लागि आवश्यक पोल उपलब्ध गराउन निर्देशन आएको छ, हामीले पोलहरु एकैचोटि उपलब्ध गराउन नसके पनि विस्तारै क्रमिक रुपमा पोल उपलब्ध गराउँछौं, काभ्रे वितरण केन्द्रका प्रमख धुर्ब कार्कीले बताए ।’ प्राधिकरणले बाँकी आवश्यक पोल र ट्रान्सफर्मरलाई टेन्डर प्रक्रिया मार्फत उपलब्ध गराउने जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३